धनगढी । धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा आज देखि प्रधानमन्त्री राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुदैछ ।

प्रतियोगितामा ७ प्रदेशका ७ वटा टोली र २ विभागिय टोलीले भाग लग्ने नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य धिरेन्द्र साउँदले बताए । उनका अनुसार उद्घाटन खेद सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विच हुने छ ।
प्रतियोगिता अवलोकनका लागि निशुल्क मैदान प्रवेस गर्ने व्यवस्था गरिएको केन्द्रिय सदस्य साउँदले बताए ।
क्यानका प्रतियोगिता समन्वय संयोजक तेज प्रकाश भट्टका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५ लाख, द्धितीय पुरस्कार ३ लाख, म्यान अफ दी सिरिज खेलाडीलाई ५० हजार, उत्कृष्ट बल र ब्याट्सम्यानलाई २५–२५ हजार र प्लेयर अफदी म्याच खेलाडीलाई ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । लीग चरणमा हुने प्रतियोगिताका सञ्चालनका लागि दुई पोलमा टोली विभाजन गरिएको छ ।
पहिलो पोलमा एपिएफ, सुदूरपश्चिम, गण्डकी, कर्णाली र लम्बिनी गरी ५ वटा टोली समावेस छन् भने दोश्रो पोलमा कोशी, मधेश, बागमति र नेपाल आर्मी गरी ४ टोली समेटिएका संयोजक भट्टले बताए । लिगचरण सकिएपछि प्रत्यक पोलका दुई दुई टोली विच सुपर पोल हुने र माघ १२ गते फाइनल हुने छ ।
भट्टका अनुसार खेल सञ्चालन गर्दा फाप्लामा खानेपानी र शौचालयको समस्या हुने गरेको भएपनि यस बर्ष सो समस्या पनि समाधान गरिएको छ । प्रतियोगिता सञ्चालन पछि राष्ट्रिय क्रिकेटका लागि राम्रो खेलाडी छनौट गर्न सहज हुने अपेक्षा गरिएको छ । भट्टका अनुसार प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई यही माघ देखि काठमाडौंमा सञ्चालन हुने नेदरल्याण्ड्स, ओमन र नेपाल विचको त्रीकोणत्मक सिरिजमा मौका दिइने छ ।
साथै महिला क्रिकेट टीमलाई बलियो बनाउन पनि प्रतियोगिता कोसेढुंगा सावित हुने अपेक्षा गरिएको उनले बताए ।