विगतको भन्दा यस बर्ष डेंगु संक्रमित कम, सरकारले थालेको लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुदै ।

धनगढी । कैलाली लगायत सुदूरपश्चिम प्रदेशमा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमितको संख्या घटेको छ । कैलालीमा २०७९÷८० को अवधिमा साउन दोश्रो साता सम्म ४ सय ५५ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसैगरी आर्थिक बर्ष २०८१÷०८२ मा सो संख्या बढेर एक हजार एक पुगेको थियो ।

स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिनबहादुर धामीका अनुसार चालु आर्थिक बर्षको साउन २० गते सम्म कैलालीमा ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा हाल सम्म ३ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको धामीले बताए । सरकारले यस बर्ष लार्भ खोज र नष्ट गर भन्ने अभियानलाईं प्रभावकारी बनाएका कारण डेंगु नियन्त्रणमा आएको हुन सक्ने धामीको आँकलन छ ।

‘विगतको भन्दा यस बर्षको साउन महिना सम्म डेंगु संक्रमणमा नियन्त्रणमा देख्निछ’ धामीले भने, ‘सरकारलेनै डेंगु नियन्त्रणका लागि अभियान थालेका कारण केही नियन्त्रण भएको हुने सक्ने आँकलन गरिएको छ, तर अझै पनि संक्रमण फैलन सक्ने जोखिम भने कायमै छ ।’

मनसुन सुरु हुन एक दुई महिना अघि देखि असोज सम्म कैलालीमा बढीको जोखिम हुने गरेको धामीले बताए । २०८० सालमा डेंगुबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७९ भदौमा पनि डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार सरकारले साउन र भदौ महिनालाई ‘लार्भा खोज र नष्ट गर’ भन्ने अभियानलाई कडाईका साथ कार्यान्वयन गरेको छ । जिल्लाका १३ वटै पालिकामा ग्रामिण तह सम्म अभियाना सञ्चालन भइरहेको सूचना अधिकारी धामीले बताए । जस अन्तरगत सरकारी कार्यालयमा हप्ताको एक दिन सरसफाई गर्ने, पानी जम्ने खाल्डा पर्ने, गमला सफा गर्ने अभियान सञ्चालन गरिएको छ । त्यसबाहेक आम नागरिकलाई घर वरीपरि सरसफाई गर्न आह्वान गर्ने, झ्याल ढोकामा जाली लगाउन अनुरोध गर्ने, पानी जम्ने खाल्डा पुर्न आह्वान गर्ने, टायर तथा अन्य पानी जम्ने सामाग्री नियमित सफा गर्न अनुरोध गर्ने कार्य पालिका स्तरबाटै भइरहेको सूचना अधिकारी धामीले बताए । ‘सवै पालिका माफर्त आम नागरिकलानई डेंगुबाट बच्न सचेत गर्ने कार्य भइरहेको छ,’ धामीले भने, ‘स्वास्थ्य कार्यालयबाट पनि विभिन्न सञ्चार माध्याम मार्फत नागरिकलाई सचेत बनाउने कार्य भइरहेको छ ।’

रोग लाग्नबाट बच्नु नै डेंगुबाट बच्ने उत्तम उपाय भएको धामीको भनाई छ । ‘एउटै मानिसलाई पटक–पटक डेंगु हुनु धेरै जोखिमयुक्त हुन्छ,’ धमामीले भने, ‘डेंगु भएर जटिल अवस्था आएमा ज्यानसमेत जानसक्ने भएकाले नागरिक सचेत हुनुपर्छ’, बर्षातका समयमा लामखुट्टेको टोकाइबाट बच्नुनै उत्तम विकल्प हो ।’

उनले वर्षातमा डेंगु, टाइफसजस्ता बिरामी बढी आउने भएकाले यस्तो बेला सचेतना, पूर्वतयारी सबैतिर आवश्यक हुने बताए । ‘त्यसै पनि बर्षायाममा अस्पतालमा बिरामीको उच्च चाप हुने गर्दछ,’ धामीले भने, ‘धेरै विरामी लामुखुट्टेको टोकाईबाट हुने गरेका छन्, उनले भने ।,’

कसरी लाग्छ डेंगु ?

एडिस (ब्भमभक) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

कसरी गरिन्छ उपचार ?

सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।

क्लासिक डेंगु आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुनसक्छ । डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन । डेंगु ज्वरोका बिरामीहरुलाई रहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...