Advertisement

Author: एक्सप्रेश टिभि न्युज नेपाल

नेताको निरन्तर दबाब र आलोचनाले सुमना श्रेष्ठको राजिनामा

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, शिक्षा, समाचार
समाचार: राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले अन्ततः पार्टी पदबाट राजिनामा दिएकी छन्। पार्टीभित्र निरन्तर हुने आलोचना र नेताहरूको दबाबकै कारण उनले यस्तो कदम चाल्नुपरेको स्रोतले जनाएको छ। बैठकहरूमा नेता हरि ढकालले श्रेष्ठप्रति अपमानजनक टिप्पणी गर्दै आलोचना गर्ने क्रम दोहोरिँदै आएको थियो। ढकालले एक बैठकमा श्रेष्ठलाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईँ’ जस्तो अभिव्यक्ति दिएका थिए। साथै, उनले “सुमना श्रेष्ठ सांसद बन्नुमा रवि लामिछानेकै भूमिका प्रमुख भएकाले आफ्नो सीमाना नबिर्सनु” भन्ने धारणा पनि सार्वजनिक रूपमा राखेका थिए। यस्ता भनाइ र व्यवहार बारम्बार दोहोरिएपछि श्रेष्ठलाई पार्टीमा बस्न नैतिक रूपमा कठिन भएको बताइन्छ। स्रोतका अनुसार, यो घटना एकपटक मात्र नभई पाँच–सात पटकसम्म दोहोरिएको थियो। अपमानजनक व्यवहारको निरन्तरता र नेतृलाई बेवास्ता गर्ने प्रवृत्तिले नै ...

नारायणगढ–मुग्लिन सडकखण्डमा तुइन खोलामा पहिरो, यातायात प्रभावित

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। अकस्मात खसेको पहिरोले दुवैतर्फको सवारी सञ्चालन प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक अवरुद्ध भएपछि यात्रुहरूलाई असुविधा भएको छ भने पहिरो हटाउने कार्य सडक विभाग र सुरक्षाकर्मीको सहयोगमा सुरु गरिएको छ। वर्षायामसँगै सो क्षेत्रमा लगातार पहिरो खस्ने जोखिम रहने भएकाले यात्रुहरूलाई सचेत रहन पनि अनुरोध गरिएको छ।...

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
४ असोज, काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रमुख उपजहरूको अधिकतम मूल्य यसप्रकार छ : तरकारी र सागसब्जी गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, भारतीय ८०, सानो (लोकल) ४५ र टनेल ५७। आलु रातो नेपाली ५२, भारतीय ३३, मुडे ४६। प्याज (भारतीय) ३५, गाजर (लोकल) १३०, तराई १२०। बन्दा (लोकल) ५०, काउली ७०, रातो मूला ५५, सेतो मूला ५०। भन्टा लाम्चो ३०, भन्टा डल्लो ४५, बोडी तने १२०, मकै बोडी १००। घिउसिमी (लोकल/हाइब्रिड) १००, टाटे सिमी ९०, भटमास कोसा ९०। तीतो करेला ६०, लौका ६०, परवर (लोकल/तराई) ८०, चिचिण्डो ३५, घिरौँला ८०। झिगुनी ९०, फर्सी पाकेको ८०, हरियो लाम्चो ४०, हरियो डल्लो ५०। सलगम ८०, भिण्डी ८०। साग, कन्दमूल र विशेष तरकारी सखरखण्...

भीमफेदी कारागारबाट फरारमध्ये ५७ कैदीबन्दी स्वेच्छाले फर्किए, २७४ अझै फरार

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
४ असोज, हेटौंडा ।मकवानपुरको भीमफेदी कारागारबाट २४ भदौमा पर्खाल भत्काएर भागेका कैदीबन्दीमध्ये ५७ जनाले आफैं सम्पर्क गर्दै कारागारमा फर्किएका छन्। कारागार प्रमुख सुवास पौडेलका अनुसार सुरक्षाकर्मीको सक्रियतामा अहिले सम्म १८६ जना कैदीबन्दी पक्राउ परेका छन्। यसरी स्वेच्छाले फर्किएकासहित हालसम्म नियन्त्रणमा फर्किएका कैदीबन्दीको संख्या बढेको छ भने अझै २७४ जनाको अवस्था अज्ञात छ। २४ भदौ बिहान कारागारका ‘क’ र ‘ख’ ब्लकबाट गरी ४४० कैदीबन्दी भागेका थिए। भाग्ने क्रममा कारागार परिसरमा सुरक्षाकर्मी र कैदीबन्दीबीच चार घण्टासम्म झडप भएको थियो। सो क्रममा नेपाली सेना र सशस्त्र प्रहरीले नियन्त्रणमा लिन करिब २०० राउन्ड हवाई फायर गरेको थियो। कारागार प्रशासनले दिएको तथ्यांकअनुसार, फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सेनासहित जनपथ र सशस्त्र प्रहरी सक्रिय छन्। अन्य जिल्लाका कारागारबाट भागेका ६१ कैदीबन्दीलाई पनि पक...

भाटभटेनी सुपरमार्केट: क्षतिबाट उठ्ने संकल्प, कर्मचारीको भविष्य सुरक्षित गर्ने घोषणा

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले हालैको आगलागी र तोडफोडका घटनाबाट व्यवसायमा ठूलो क्षति पुगे पनि कर्मचारीको भविष्य सुरक्षित गर्न आफू दृढ रहेको बताएका छन्। उनका अनुसार, भदौ महिनाको तलब र आउँदो दशैंको बोनस सबै कर्मचारीलाई दिने निर्णय भइसकेको छ। गुरुङले आगलागी र तोडफोडका कारण भाटभटेनी सुपरमार्केटलाई करिब १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको जानकारी दिँदै, यति ठूलो चुनौतीबीच पनि कर्मचारी र ग्राहकको विश्वास नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गरे। उनले भने, “यो कठिन घडीमा हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ। कर्मचारीहरूको भविष्य सुरक्षित राख्नु नै पहिलो प्राथमिकता हो।” उनका अनुसार, ३ महिनाभित्र केही स्टोरलाई पुनः सञ्चालनमा ल्याउने र १० महिनाभित्र सम्पूर्ण स्टोर पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको छ। यसका लागि आवश्यक पुनर्निर्माण, मर्मतसम्भार तथा व्यवस...

 धरानमा वडाध्यक्षको ‘पानी पिउने’ भिडियोले उठायो प्रश्न

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
धरान उपमहानगरपालिकाको बैठकको एउटा दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा वडा नं.–१७ का अध्यक्ष मनोज भट्टराईले आफैं सजिलै लिन सक्ने ठाउँमा राखिएको पानी नगरप्रहरीलाई संकेत गरेर ग्लासमा हाल्न लगाई पिएको देखिन्छ। सामान्य दैनिक क्रियाकलापजस्तो देखिए पनि यस घटनाले जनप्रतिनिधिहरूको स्वभाव र संस्कारबारे सार्वजनिक प्रश्न खडा गरेको छ। आलोचकहरूले जनप्रतिनिधि पदमा पुगेपछि नम्रता, सादगी र आत्मनिर्भरता झल्किनुपर्ने बताए पनि भिडियोमा देखिएको व्यवहारले त्यसको उल्टो चित्र प्रस्तुत गरेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई व्यंग्यका साथ चर्चा गरिरहेका छन्। कतिले यसलाई “सत्तासँगै आएको अहंकारको नमुना” भनेका छन् भने अरूले “जनताले चुनेका जनप्रतिनिधिको बानी व्यवहार कस्तो हुनुपर्छ भन्ने सन्देश दिन पर्याप्त” भएको बताएका छन्। यो घटना सामान्य भए पनि जनप्रतिनिधिको छविलाई फरक ढंगल...

निर्वाचन खर्चका लागि स्वदेशी स्रोत पर्याप्त छ : अर्थमन्त्री खनाल

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं, असोज २ । अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि आवश्यक बजेट स्वदेशी स्रोतबाट नै व्यवस्थापन गर्न सकिने बताएका छन् । उनले निर्वाचन खर्चका लागि दातृ निकाय वा छिमेकी राष्ट्रको मुख ताक्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा अर्थमन्त्री खनालले निर्वाचन जस्तो राष्ट्रिय महत्वको कार्यक्रम सञ्चालन गर्न देशकै आन्तरिक स्रोत पर्याप्त रहेको बताए । उनका अनुसार निर्वाचन खर्च व्यवस्थापन गर्न आवश्यक योजना तयार भइसकेको छ र यसका लागि विदेशी सहयोगमा निर्भर रहनुपर्ने छैन । खनालले स्वदेशी स्रोतलाई प्राथमिकता दिँदै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे । उनले मुलुकको वित्तीय स्थिति सुदृढ रहेको भन्दै चुनाव सफलतापूर्वक सम्पन्न गर्न कुनै समस्या नआउने विश्वास दिलाए...

जेन–जी आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश थिएन, स्वचालित हतियार प्रयोग भएको छ : ओली

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं, असोज ३ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि ताकीताकी गोली हान्ने सरकारी आदेश नभएको दाबी गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा सार्वजनिक वक्तव्य जारी गर्दै उनले प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली चलाइएको पाइएको भन्दै घटनाको निष्पक्ष छानबिन आवश्यक भएको बताए । भदौ २३ र २४ गते भएको आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका थिए, जसमा अधिकांशलाई टाउको र छातीमा गोली लागेको पुष्टि भएको छ । ओलीले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि त्यसमा घुसपैठ भएको र षड्यन्त्रकारी समूहले हिंसा मच्चाएको आरोप लगाएका छन् । आन्दोलनपछि प्रधानमन्त्री पद छाड्न बाध्य भएका ओली सैनिक व्यारेकमा ९ दिन बसाइँपछि हाल भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसेका छन् । उनले आन्दोलनमा सरकारको संलग्नता नरहेको दोहोर्‍याउँदै वास्तविक दोषी पत्ता लगाउन र सत्यतथ्य बाहिर ल्य...

 जेन–जी आन्दोलनपछि मन्त्रालयमा व्यापक क्षति, पुनः निर्माण र सुधारकार्य जारी

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
जेन–जी आन्दोलनका क्रममा मन्त्रालयमा भएको तोडफोड र आगजनीले कार्यालयको भौतिक संरचना व्यापक रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि मन्त्रालयका कर्मचारी र सम्बन्धित निकायले तत्काल पुनः निर्माण र सुधार कार्य सुरु गरेका छन्। रङरोगन, भित्तिचित्र मर्मत र अन्य आवश्यक सुधार कार्य भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीहरूले भने, "आन्दोलनको क्रममा कार्यालयको भवनमा व्यापक क्षति पुगेको थियो। अब हामीले ती सबै कमजोरीहरू सुधार गर्दै, कार्यालयलाई पूर्णरूपमा कार्यसक्षम बनाउने प्रयास सुरु गरेका छौं।" सार्वजनिक सुरक्षा र प्रशासनिक सेवा सुचारु राख्न मन्त्रालयले शीघ्र सुधार र मर्मत कार्य पूरा गर्ने योजना बनाएको छ। यस क्रममा काम गर्दै गर्दा कर्मचारी र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न विशेष सावधानी अपनाइँदैछ। पुनः निर्माण कार्यले मन्त्रालयको कार्यक्षमता र सेवा प्रवाहमा पुनः सुधार ल्याउने अपेक्षा ...

बनस्थलीमा बसको ठक्करले पैदलयात्रीको ज्यान गयाे

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं, २ असोज । काठमाडौंको बनस्थलीमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा संखुवासभा खाँदबारी घर भई हाल काठमाडौंमा बस्दै आएका ६८ वर्षीय जसबहादुर मगरको ज्यान गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना बिहान करिब साढे ५ बजे भएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज