पश्चिम तराईमा अत्यधिक गर्मी, काठमाडौं–पोखरासहित विभिन्न क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । आज मंगलबार देशभर मिश्रित मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी रहने अनुमान गरिएको छ भने पहाडी तथा पूर्वी भेगका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार धनगढी र नेपालगञ्जमा आज अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । त्यस्तै दिपायलमा ३८ देखि ४०, भैरहवामा ३७ देखि ३९, वीरेन्द्रनगरमा ३६ देखि ३८ तथा घोराहीमा ३५ देखि ३७ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना रहेको छ ।
यी क्षेत्रहरूमा दिउँसो मौसम मुख्यतया सफा रहने र अत्यधिक गर्मी महसुस हुने बताइएको छ । रातिको समयमा पनि अधिकांश स्थानमा मौसम सफा रहने भए पनि भैरहवामा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको करिब २० प्रतिशत सम्भावना रहेको जनाइएको छ ।
उता काठमाडौं उपत्यकामा भने आज दिउँसो मेघगर...














