आजको विशेष

एमसीसी खारेज गर्नुपर्ने हर्क साम्पाङको धारणा

एमसीसी खारेज गर्नुपर्ने हर्क साम्पाङको धारणा

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले एमसीसी खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले उपसभामुखको पद दलगत नभई राज्यको भएको उल्लेख गर्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको बताएका छन्। उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने उनको भनाइ छ। साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका मुद्दामा अडिग रहेको जनाउँदै एमसीसी खारेजको विषयमा निरन्तर आवाज उठाउने बताएका छन्। उनले लेखेका छन्, “हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौं। उपसभामुख राज्यको पद हो, पार्टीको होइन। हाम्रो कुनै स्वार्थ छैन। हाम्रो स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्। अझै भन्छु, एमसीसी खारेज गर्नैपर्छ। शंका नगर्नु नेपाली रगतलाई।”...
सचिवालयको पहलपछि हुम्लामा तारा एयर उडान, रोकिएका अमेरिकी पर्यटक उद्धार

सचिवालयको पहलपछि हुम्लामा तारा एयर उडान, रोकिएका अमेरिकी पर्यटक उद्धार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, पर्यटन, बागमती, समाचार
हुम्ला – हुम्लामा तीन दिनदेखि रोकिएका दुई अमेरिकी नागरिकको उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयको पहलमा तारा एयरले शनिबार विशेष उडान भरेको छ। विदेशी सहयोगमा सिमकोटमा सञ्चालित विद्यालयको अनुगमनका लागि आएका ती पर्यटकहरू प्रतिकूल मौसम र जहाज अभावका कारण अलपत्र परेका थिए। उनीहरू रोकिएको जानकारी मन्त्रालयको सचिवालयमा पुगेपछि मन्त्रीका स्वकीय सचिव सुमन गौतमको सक्रियतामा उडान व्यवस्थापन गरिएको हो। उक्त उडानमार्फत ती अमेरिकी नागरिक नेपालगञ्ज प्रस्थान गरेका छन्। यसअघि तारा एयरले यो साता हुम्लाका लागि कुनै उडान नगर्ने जनाएको थियो। पोखराबाट जोमसोम जाँदै गरेको जहाजलाई समेत नेपालगञ्ज ल्याएर उडान मिलाइएको थियो। खराब मौसम र निजी एयरलाइन्सका जहाज नेपालगञ्जमा नहुँदा हुम्लामा पाँच दिनदेखि हवाई सेवा प्रभावित बनेको थियो। गत मङ्गलबारदेखि परेको वर्षा र हिमपातका कारण बिहीबा...
सरकारद्वारा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण

सरकारद्वारा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
काठमाडौँ – सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्री गीता चौधरीको निर्देशनमा उक्त मूल्य तोकेको हो। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८५६ रुपैयाँ ४९ पैसा तथा चैते धानको प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ कायम गरिएको छ। यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि लागू हुने बताइएको छ। यदि चिस्यान १८ प्रतिशतभन्दा बढी भएमा प्रतिक्विन्टल १ किलो २०० ग्रामका दरले तौल घटाएर मूल्य निर्धारण गरिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विन्टल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको मूल्य ५५ रुपैयाँ ८ पैसा बढेको हो। अघिल्लो वर्ष गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ८६७ रुपैयाँ ३८ पैसा र चैते धानको २ हजार ८०० रुपैयाँ ६९ पैसा कायम गरिएको...
नक्कली नम्बर प्लेटमा सवारी सञ्चालन : चार गाडी नियन्त्रणमा, सीमावर्ती नेटवर्कमाथि शंका

नक्कली नम्बर प्लेटमा सवारी सञ्चालन : चार गाडी नियन्त्रणमा, सीमावर्ती नेटवर्कमाथि शंका

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, समाचार
इटहरी । कोशी प्रदेशमा नक्कली नम्बर प्लेट जडान गरी सवारी सञ्चालन गर्ने प्रवृत्ति अझै सक्रिय रहेको संकेत देखिएको छ। इटहरी क्षेत्रमा प्रहरीले चार वटा सवारी नियन्त्रणमा लिएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त चेकिङ अभियानका क्रममा ती सवारी विभिन्न स्थानबाट फेला परेका हुन्। विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा टाटा पन्च, महेन्द्रा बोलेरो पिकअप, हुण्डाईको निजी कार र भारतीय मारुती सुजुकी कार बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक जाँचमै ती सवारीमा आवश्यक कागजात अभावसँगै नक्कली नेपाली नम्बर प्लेट प्रयोग गरिएको पुष्टि भएपछि थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइएको छ। प्रहरीका अनुसार एउटा सवारी इटहरी चौकबाट फेला परेको हो भने अर्को लौकही क्षेत्रबाट बरामद गरिएको हो। त्यस्तै, बिर्तामोड र चन्द्रगढी क्षेत्रबाट समेत सवारी फेला परेका छन्। सबै सवारी ...
बालेन नेतृत्वको सरकारमा ६ जना महिला मन्त्री

बालेन नेतृत्वको सरकारमा ६ जना महिला मन्त्री

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं, २७ चैत । प्रधानमन्त्री बालेन शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्‌मा महिला मन्त्रीको संख्या ६ पुगेको छ। गत चैत १३ गते गठन भएको नयाँ सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा गीता चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सीता वादी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहेता नियुक्त भएका थिए। आजै प्रधानमन्त्रीको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी छन्। नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ। हाल सरकारमा ३७ प्रतिशतभन्दा बढी महिला प्रतिनिधित्व रहेको छ।...
कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको रमेश लेखकको आरोप

कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको रमेश लेखकको आरोप

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक ले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन ‘पूर्वाग्रही’ भएको टिप्पणी गरेका छन्। उनले उक्त प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित भएको दाबी गर्दै त्यसकै आधारमा आफूलाई फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिएको आरोप लगाएका छन्। “गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिए पनि अन्ततः म रिहा भएको छु,” उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्। उनका अनुसार उनले कानुनको पालना र न्यायप्रति विश्वास राखेका छन्। “बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहनेछ,” उनले भनेका छन्। कार्की आयोगको प्रतिवेदनका आधारमा यही चैत १४ गते भक्तपुरको कटुन्जेस्थित निवासबाट उनलाई प...
बजेटको ‘रातो किताब’मा योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे माग

बजेटको ‘रातो किताब’मा योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे माग

Breaking News 1, Breaking News 2, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, बागमती, राजनीति, समाचार
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनसरी क्षेत्र नं. १ का महत्वपूर्ण योजनाहरू समावेश गर्न प्रधानमन्त्रीलाई पत्रमार्फत आग्रह गरेका छन्। उनले सुनसरी क्षेत्र नं. १ का जनताले लामो समयदेखि भोग्दै आएका आधारभूत समस्याहरू समाधान गर्न बजेटको ‘रातो किताब’मा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै ३७ बुँदे मागपत्र पेश गरेका हुन्। मागपत्रमा धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि सप्तकोशी–धरान खानेपानी आयोजनालाई मुख्य प्राथमिकतामा राख्न माग गरिएको छ। आगामी ३० वर्षसम्मको आवश्यकता ध्यानमा राख्दै धरानका विभिन्न वडामा पर्याप्त खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ। यसैगरी, धरान–२० को स्वाराँ, बराहक्षेत्र र रामधुनी नगरपालिकामा भूमिगत पानी निकालेर व्यवस्थित ओभरहेड ट्याङ्क निर्माण गरी खा...
पाटनमा ‘रङ नम्बर’ विवाद: दुई दाजुभाइको ज्यान गयो

पाटनमा ‘रङ नम्बर’ विवाद: दुई दाजुभाइको ज्यान गयो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको दुःखद घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा नम्बर नमिल्दा झुक्किएर सञ्जीव नेपालीको मोबाइलमा फोन पुगेको थियो। सुरुमा सामान्य कुराकानी भए पनि केहीबेरमै दुवै पक्षबीच भनाभन सुरु भई विवाद चर्किएको थियो। फोनमै एक–अर्कालाई चुनौती दिने अवस्था आएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन भनेका थिए। त्यसपछि दाजुभाइ पाटन पुगेका थिए। भेट भएपछि सामान्य भनाभन झगडामा परिणत भयो। सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीवले आफूसँगै रहेको मासु काट्ने चक्कु निकालेर दुवै दाजुभाइमाथि अन्धाधुन्ध प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनीहरूलाई तत्काल अस्पताल लगिए पनि उपचारकै क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार हुने प्रयास गरिरहेका मुख्य अ...
सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुरक्षा
सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टबाट सट्टेबाजी खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिकसमेत रहेका छन्। प्रहरीका अनुसार उक्त समूहले ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ। पक्राउ पर्ने भारतीय नागरिकहरूमा चेतन यादव, आशिष शर्मा र रौनक सिंह रहेका छन्। त्यसैगरी नेपाली नागरिकहरू सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूबाट ८ वटा ल्यापटप, २४ वटा मोबाइल फोन, ३१ वटा सिम कार्ड र ३ वटा क्याल्कुलेटर बरामद गरिएको प्रहरीले जनाएको छ।...
घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहालविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्। आयोगका अनुसार उनले ९३ हजार ८५० रुपैयाँ घुस लिएको आरोप छ। विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम पास गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्दा उनीसँगबाट १ लाख २० हजार ८५० रुपैयाँ बरामद गरिएको थियो। अनुसन्धानका क्रममा ९३ हजार ८५० रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ। आयोगले सोही बराबरको बिगो कायम गरी कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।...