गण्डकीको बजेट : ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
गण्डकी प्रदेश सरकारले ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ भन्ने दीर्घकालीन सोचलाई केन्द्रमा राख्दै लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेको छ।
सोमबार गण्डकी प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन ले बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्।
उनका अनुसार प्रदेशमा लगानी आकर्षित गरी आर्थिक विकास र रोजगारी सिर्जना गर्न ‘मेरो प्रदेश : मेरो दायित्व’ तथा ‘इन्भेष्ट गण्डकी’ अभियान सञ्चालन गरिनेछ। लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधारसमेत गरिने बजेटमा उल्लेख छ।
प्रचुर स्रोत–साधन, अवसर र सम्भावनाले भरिएको गण्डकी प्रदेशलाई आत्मनिर्भर तथा समुन्नत बनाउने लक्ष्यसहित बजेटका प्राथमिकता तय गरि...















