विद्युत्मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई असर नपर्ने गरी सहुलियत दिने तयारी : अर्थमन्त्री वाग्ले
Breaking News 1, Breaking News 2, अर्थ, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सरकार पछाडि नहट्ने स्पष्ट पारेका छन् । तर अन्तिम उपभोक्तालाई प्रत्यक्ष असर नपर्ने गरी सहुलियत दिने विकल्पमा छलफल भइरहेको उनले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले आगामी साउनदेखि नै उपभोक्तालाई मार नपर्ने व्यवस्था ल्याइने संकेत गरे ।
उनका अनुसार विद्युत्मा भ्याट लगाउने निर्णय सरकारको ठूलो आँट हो र विगतमा छलफल भए पनि कार्यान्वयन हुन नसकेको अवस्था थियो । “विद्युत्मा भ्याट आउँछ, तर उपभोक्तालाई असर नपर्ने गरी व्यवस्था गर्छौं,” उनले भने ।
आगामी बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि कर लाग्ने व्यवस्थापछि आलोचना बढेको छ । यसबारे प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले सरकारले उपभोगमा आधारित कर प्रणालीतर्फ अघि बढेको बताए...















