रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ

रक्सौल–नेपाल सीमा क्षेत्रमा नक्कली भारतीय मुद्रा तस्करीको भण्डाफोर, दुई नेपाली पक्राउ

रक्सौल (पू.च.) – भारत–नेपाल सीमा नजिक सक्रिय अन्तर्राष्ट्रिय नक्कली भारतीय मुद्रा तस्करी गिरोहको भण्डाफोर भएको छ। मोतिहारी प्रहरी मुख्यालयअन्तर्गतको विशेष कार्यबल (एसटीएफ) ले शनिबार ठूलो कारबाही गर्दै गिरोहसँग सम्बन्धित दुई नेपाली तस्करलाई पक्राउ गरेको छ।

सीमावर्ती पनटोका पञ्चायत क्षेत्र, बार्डर पिलर नम्बर ३९३ नजिकको ग्रामीण बाटोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। यसबारे जानकारी दिँदै प्रहरी अधीक्षक स्वर्ण प्रभातले घटनाको पुष्टि गरेका छन्।

भौगोलिक समन्वय अन्तर्गत बिहार एसटीएफ, पूर्वी चम्पारण जिल्ला प्रहरी र एसएसबीले संयुक्त छापामारी गरेको थियो। सो क्रममा नेपालका मकवानपुर निवासी तिलक बहादुर थापा (पिता–स्व. रामबहादुर थापा) र नवलपरासी जिल्ला, पिपरासी थाना क्षेत्रका सरोज कुमारी महतो (पिता–स्व. जगन्नाथ महतो) पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका दुवै अभियुक्तसँग १८ हजार ५०० रुपैयाँ बराबरको नक्कली भारतीय नोट, तीन थान मोबाइल फोन, एक पासपोर्ट र एक मोटरसाइकल बरामद गरेको छ। यस सम्बन्धमा हरैया थानामा मुद्दा दर्ता गरिएको छ।

डीएसपी मनीष आनन्दका अनुसार, प्रहरी मुख्यालयलाई प्राप्त गोप्य सूचनाको आधारमा यो कारबाही गरिएको हो। प्रारम्भिक सोधपुछबाट नक्कली नोटको ठूलो र्‍याकेटसम्बन्धी महत्वपूर्ण तथ्य खुलेको छ, जसका आधारमा थप अनुसन्धान र कारबाही जारी छ।

प्रहरीका अनुसार, पक्राउ परेका दुवै अभियुक्त लामो समयदेखि नक्कली भारतीय मुद्रा कारोबारमा संलग्न थिए र बिहार, उत्तर प्रदेश तथा पश्चिम बंगालसम्म फैलिएको नेटवर्क सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा पाकिस्तानबाट पठाइने नक्कली नोट नेपाल हुँदै भारतमा खपत हुने रहेछ।

हाल दुवै तस्करलाई मोतिहारी न्यायिक हिरासतमा कडा सुरक्षा व्यवस्थासहित राखिएको छ। गिरोहसँग सम्बन्धित अन्य सदस्यहरूको खोजी र थप छापामारी पनि जारी रहेको प्रहरी स्रोतले बताएको छ।

फोटो: सांकेतिक

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...