प्रचण्डको आरोप : बालेन नेतृत्वको सरकार निरङ्कुशतातर्फ उन्मुख

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको दिशातर्फ उन्मुख भएको आरोप लगाएका छन्।

बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गर्ने तयारी भइरहेको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाए। साथै, अध्यादेश ल्याउने प्रक्रियाबारे पनि उनले आलोचना गरे।

उनले भने, ‘सदनलाई छल्दै अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन स्थगित गर्ने कार्य लोकतन्त्र र संसदीय अभ्यासविपरीत हो। यस्तो प्रवृत्तिबाट सरकार सचेत हुनुपर्छ, अन्यथा यो संविधानको मर्मविपरीत हुनेछ।’

प्रचण्डले सुकुमबासी समस्याबारे पनि धारणा राख्दै वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरिएकोप्रति आपत्ति जनाए। ‘सुकुमबासीले अतिक्रमण गरेका भए पनि उनीहरूको वास्तविक अवस्था बुझेर उचित छानबिन हुनुपर्थ्यो,’ उनले भने, ‘तर सरकारले हतारमा डोजर प्रयोग गरेर गलत तरिका अपनायो।’

उनले तत्कालीन माओवादी सरकारको समयमा सुकुमबासी व्यवस्थापनका लागि अपार्टमेन्ट निर्माण सुरु गरिएको स्मरण गर्दै अहिले सेना र सशस्त्र प्रहरी परिचालन गरेर हजारौँ परिवारलाई विस्थापित गरिएको बताए।

अन्त्यमा उनले सरकारले गरेका सकारात्मक काममा सहयोग गर्ने र गलत कदमको विरोध गर्ने स्पष्ट पारे।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...