Day: April 30, 2026

पालिकामा खटाइएपछि दुई उपसचिवको राजीनामा

पालिकामा खटाइएपछि दुई उपसचिवको राजीनामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा खटाइएका दुई उपसचिवले राजीनामा दिएका छन्। डडेल्धुरा र बाजुराका स्थानीय तहमा खटाइएका नवराज ओझा र भोजबहादुर ऐडीले पदबाट राजीनामा दिएका हुन्। डडेल्धुराको अमरगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएका नवराज ओझाले स्वास्थ्य अवस्था र व्यक्तिगत कारण देखाउँदै प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललाई राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रवक्ता समेत रहेका ओझाको सेवा अवधि करिब एक वर्ष मात्र बाँकी रहेको बताइएको छ। यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा खटाइएका उपसचिव भोजबहादुर ऐडीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर राजीनामा दिएका छन्। उनलाई २०८२ पुसमा नै उक्त पालिकामा खटाइएको भए पनि असहजता र दुर्गम क्षेत्रमा पुनः खटाइएपछि उनले पद छाडेको बुझिएको छ। यस घटनाले स्थानीय तहमा कर्मचारी व्यवस्थापन र सरुवा प्रणा...
अदालतको आदेशपछि युवराज पौडेल (सफल) ५० हजार धरौटीमा रिहा

अदालतको आदेशपछि युवराज पौडेल (सफल) ५० हजार धरौटीमा रिहा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल)लाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले सो आदेश दिएको हो। उनी यसअघि हाजिरी जमानीमा रिहा भएका थिए। आजको थुनछेक आदेशपछि अदालतले धरौटी बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न निर्देशन दिएको छ। धरौटी बुझाउन नसके उनलाई थुनामा पठाइने अदालतले जनाएको छ। पौडेलमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिएको हो। अदालतमा उनले गल्ती स्वीकार गर्दै माफी मागेको तथा केही विवादित भिडियो हटाइसकेको विवरणसमेत उल्लेख गरिएको छ। मुद्दाको अन्तिम फैसला नभएसम्म उनी तारेखमा रहेर कानुनी प्रक्रिया अघि बढाउनेछन्।...
प्रचण्डको आरोप : बालेन नेतृत्वको सरकार निरङ्कुशतातर्फ उन्मुख

प्रचण्डको आरोप : बालेन नेतृत्वको सरकार निरङ्कुशतातर्फ उन्मुख

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार, सुदूरपश्चिम
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशताको दिशातर्फ उन्मुख भएको आरोप लगाएका छन्। बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गर्ने तयारी भइरहेको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाए। साथै, अध्यादेश ल्याउने प्रक्रियाबारे पनि उनले आलोचना गरे। उनले भने, ‘सदनलाई छल्दै अध्यादेश ल्याउने र बोलाइसकेको अधिवेशन स्थगित गर्ने कार्य लोकतन्त्र र संसदीय अभ्यासविपरीत हो। यस्तो प्रवृत्तिबाट सरकार सचेत हुनुपर्छ, अन्यथा यो संविधानको मर्मविपरीत हुनेछ।’ प्रचण्डले सुकुमबासी समस्याबारे पनि धारणा राख्दै वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरिएकोप्रति आपत्ति जनाए। ‘सुकुमबासीले अतिक्रमण गरेका भए पनि उनीहरूको वास्तविक अवस्था बुझेर उचित छानबिन हुनुपर्थ्यो,’ उनले भने, ‘तर सरकारले हतारम...
भारतबाट अवैध रूपमा ल्याइएका ५ हजारभन्दा बढी कुखुराका चल्ला बरामद

भारतबाट अवैध रूपमा ल्याइएका ५ हजारभन्दा बढी कुखुराका चल्ला बरामद

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी रु ५ लाख १६ हजार ८०० मूल्य बराबरका ५ हजार ४४० थान चल्ला नियन्त्रणमा लिइएको हो। बरामद गरिएका चल्लालाई पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज पठाइएकोमा सबै चल्ला नष्ट गरिएको कार्यालय प्रमुख डा. हरेराम यादवले जानकारी दिए। उनका अनुसार कडाइका बाबजुद पनि खुला सीमाको फाइदा उठाउँदै बाँके र बर्दियाका विभिन्न नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भइरहेको छ। यसरी भारतबाट कुखुरा अवैध रूपमा भित्र्याउनु दण्डनीय अपराध भएकाले सतर्क रहन उनले सबैमा आग्रह गरेका छन्।...