पालिकामा खटाइएपछि दुई उपसचिवको राजीनामा

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा खटाइएका दुई उपसचिवले राजीनामा दिएका छन्। डडेल्धुरा र बाजुराका स्थानीय तहमा खटाइएका नवराज ओझा र भोजबहादुर ऐडीले पदबाट राजीनामा दिएका हुन्।

डडेल्धुराको अमरगढी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएका नवराज ओझाले स्वास्थ्य अवस्था र व्यक्तिगत कारण देखाउँदै प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याललाई राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रवक्ता समेत रहेका ओझाको सेवा अवधि करिब एक वर्ष मात्र बाँकी रहेको बताइएको छ।

यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा खटाइएका उपसचिव भोजबहादुर ऐडीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर राजीनामा दिएका छन्। उनलाई २०८२ पुसमा नै उक्त पालिकामा खटाइएको भए पनि असहजता र दुर्गम क्षेत्रमा पुनः खटाइएपछि उनले पद छाडेको बुझिएको छ।

यस घटनाले स्थानीय तहमा कर्मचारी व्यवस्थापन र सरुवा प्रणालीबारे पुनः बहस सुरु भएको छ।

छुटाउनुभयो कि ?

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार

रसुवा–भोटेकोशी बाढी : अब ‘खोज तथा पुनःप्राप्ति’ अभियानमा सरकार काठमाडौँ । रसुवा–भोटेकोशी बाढीपछि सरकारले नियमित उद्धारको सट्टा खो...
प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्रा...
दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने

दशैं–तिहारमा नयाँ नोट साट्न अब निश्चित मिति कुर्न नपर्ने काठमाडौं । यस वर्षको दशैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ न...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ

काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका ...
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा ल...
ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

ऋषिपञ्चमीमा मनोरथ तीर्थधाममा सप्तऋषिको पूजा–आराधना गर्दै नारीहरू

हिजो हरितालिका तीज पर्व मनाएपछि आज ऋषिपञ्चमीका अवसरमा टोखा नगरपालिका–११ स्थित ऐतिहासिक तथा प्रसिद्ध मनोरथ तीर्थ...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...