कास्की ट्राफिकबाट एक महिनामा ४४ लाखभन्दा बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाख महिनामा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा पाँच हजार २६३ जना सवारी चालक कारबाहीमा परेका जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सुजितकुमार देवकोटाका अनुसार ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधन र चालकलाई नियमित रूपमा कारबाही गर्दै राजस्व सङ्कलन गरिएको हो ।

वैशाख महिनामा कास्कीमा २२ वटा सवारी दुर्घटना भएको कार्यालयले जनाएको छ । ती दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

कार्यालयका अनुसार तीमध्ये १२ वटा दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ । यस्तै, चालक अनुमति पत्र बिना सवारी चलाएका पाँच जना र मादक पदार्थ सेवन गरी सवारी चलाएका तीन जना चालक दुर्घटनामा संलग्न भएका थिए ।

प्रहरी निरीक्षक देवकोटाले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिमा सवारी हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँचलाई थप कडाइ गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय कास्कीले संयुक्त रूपमा सवारी जाँच अभियान सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनले ट्राफिक जाँचका क्रममा प्रहरीको व्यवहार, सुरक्षा सावधानी तथा नागरिकमैत्री सेवा सुनिश्चित गर्न नमुना जाँच कार्यक्रम पनि सञ्चालन भइरहेको बताए ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...