कर्णाली

**जुम्लामा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि**  जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।  निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।  निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।  कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

**जुम्लामा अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्नेको सङ्ख्यामा वृद्धि** जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष गरी कुल ७१ हजार ७३९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
जुम्ला — राष्ट्रिय परिचयपत्र नम्बरमार्फत अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै राष्ट्रिय परिचयपत्र बनाएका धेरै नागरिकले अनलाइन माध्यमबाटै नाम दर्ता गर्न थालेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार दर्ता गराउनेमध्ये करिब ९० प्रतिशतले अनलाइन प्रणाली प्रयोग गरेका छन्। उहाँका अनुसार हालसम्म राष्ट्रिय परिचयपत्रमार्फत ३३५ जना र कार्यालयमा प्रत्यक्ष उपस्थित भएर ५ जना गरी कुल ४४० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रक्रियाबारे जानकारी गराउँदै पत्राचारसमेत गरेको जनाएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि...
होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

Breaking News 1, Breaking News 2, English, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, आजको विशेष, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, गण्डकी, ताजा अपडेट, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
भैरहवा – नेपाली आतिथ्य र रैथाने स्वादलाई ब्रान्डको रूपमा स्थापित गर्दै आएको होटल पौवा आफ्नो स्थापना भएको एक दशक पूरा गर्दै नयाँ लक्ष्यसहित अगाडि बढेको छ। ‘बालापन’को रूपमा पहिलो दशकलाई व्याख्या गरेको पौवाले अबको दस वर्षभित्र देशभर एक सय शाखा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। दशक पूरा भएको अवसरमा होटलले चैत महिनाको अन्तिम सातादेखि आफ्ना सबै शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने तयारी गरेको छ। यो उत्सव केवल परिकारको स्वादमा सीमित नभई नेपाली संस्कृतिको झल्को दिने माध्यमका रूपमा प्रस्तुत गरिने बताइएको छ। हालसम्म पौवाले रुपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्जदेखि कर्णालीका जुम्ला र सुर्खेतसम्म, साथै काठमाडौं, पोखरा, जनकपुर, धनगढी, तानसेन, कालिन्चोक लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यमा गरी १९ शाखा विस्तार गरिसकेको जनाएको छ। ह...
७ महिनामा मुस्ताङमा ३ लाख २५ हजार पर्यटक भित्रिए

७ महिनामा मुस्ताङमा ३ लाख २५ हजार पर्यटक भित्रिए

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, बागमती, समाचार
मुस्ताङ — चालु आर्थिक वर्षको सात महिनामा मुस्ताङ जिल्लामा कुल ३ लाख २५ हजार ५५८ जना पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन्। प्रहरी तथ्यांकअनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका पर्यटकमध्ये साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ पर्यटक रहेका छन्। गत वर्ष सोही अवधिमा मुस्ताङ भ्रमण गरेका पर्यटक ३ लाख ४० हजार ७२९ थिए। यस आधारमा चालु वर्षमा १८ हजार १७१ जना अर्थात् ५.३३% कम पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा, पोखरा–जोमसोम हवाईमार्ग र मनाङ हुँदै थोरङ्लापास मार्गबाट भ...
जुम्लामा आगलागी: तीन तले घर पूर्ण रूपमा नष्ट

जुम्लामा आगलागी: तीन तले घर पूर्ण रूपमा नष्ट

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, समाचार
जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–८ बङतडिमा आगलागी हुँदा एक तीन तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार राति करिब १० बजेतिर सन्देशकुमार शाहीको तीन तले, नौ कोठे घरमा आगो लागेको प्रहरीले जनाएको छ। आगलागी भएको समयमा घरमा कोही पनि नभएकाले मानवीय क्षति भने हुन पाएन। पीडित परिवारका अनुसार आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, गरगहना तथा नगद रकमसमेत जलेर नष्ट भएको छ। शाहीका बुबा दिलबहादुर शाही जडीबुटी व्यापारी भएकाले घरमा नगद रकम पनि रहेको र सोसमेत जलेको हुन सक्ने अनुमान गरिएको छ। राति सुरु भएको आगो शुक्रबार बिहान करिब ५ः३० बजेतिर नियन्त्रणमा आएको थियो। स्थानीयवासी तथा प्रहरी चौकी टोप्लाको सक्रिय प्रयासमा आगो निभाइएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने अझै संकलन भइरहेको प्रहरीले जनाएको छ।...
सल्यानमा जिप दुर्घटना : २५० मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु

सल्यानमा जिप दुर्घटना : २५० मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु

Breaking News 1, Breaking News 2, आजको विशेष, कर्णाली, ताजा अपडेट, समाचार
सल्यानमा पिकअप जिप भीरबाट झन्डै साढे दुई सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। बुधबार बिहान करिब ५:३० बजे कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक ग १ ज ५६६१ नम्बरको जिप दुर्घटनामा परेको हो। जिप रुकुम पूर्वबाट राप्ती लोकमार्ग हुँदै दाङको तुलसीपुरतर्फ जाँदै थियो। दुर्घटनामा जिप चालक रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ अमलाचौरका ३० वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिए। दुर्घटनामा परी सिस्ने गाउँपालिका–४ की ३८ वर्षीया ललिता केसी, सिस्ने–२ की २२ वर्षीया सुष्मी रोका र उनकी २ वर्षीया छोरी सफलता केसी घाइते भएका छन्। घाइतेमध्ये ललिताको अवस्था मध्यम तथा आमा–छोरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई कपुरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रा...
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

Breaking News 1, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
ठूलीभेरी । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयौँ बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् । यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाक...
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 2, कर्णाली, गण्डकी, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढी रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । “लुम्बिनी र गण्डकीमा पनि यसको प्रभाव छ । तर, सुदूरपश्चिम र कर्णालीको जति छैन,” मौसमविद् अधिकारीले बाह्रखरीसँग भने, “वाग्मतीदेखि को...
बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना

Breaking News 2, कर्णाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी : बाजुराका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतवार बेलुका कर्णाली राजमार्गमा दुर्घटनमा परेको हो। सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ। समथर जमिन भएकाले विद्यार्थीहरु घाइते नभएका प्रहरीले बताएको छ। बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिडेको थियो। उक्त बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। २६ जना विद्यार्थीहरू मध्ये २ जनालाई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा बाजुराको बुढिगङ्गा नगरपालिका–६ का १८ वर्षीय हेमराज जैसी र सुनिलराज उपाध्याय रहेका छन्। उनीहरूलाइ उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ। अन्यको अवस्था सामान्य रहेको प्रहरील...

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

Breaking News 2, कर्णाली, ताजा अपडेट, समाचार
काठमाडौं । आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आज दिउँसो आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा पनि दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । आज अन्य प्रदेशका तराई क्षेत्रमा कुहिरो र हुस्सु लागेको छ । दिउँसो र राति भने मुख्यतया मौसम सफला रहनेछ ।...
सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए

सल्यानमा दिदी बहिनी घरभित्रै मृत भेटिए

कर्णाली, ताजा अपडेट, समाचार
सल्यान । सल्यानमा दिदीबहिनी नै घरभित्र मृत अवस्थामा भेटिएको पाइएको छ । मृत भेटिनेमा बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालत भन्ने गाउँकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले रातोपाटीलाई बताए ।उनका अनुसार घटना बुधबार बिहानको हो । उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे अझै खुलिनसकेको उनको भनाइ छ । स्वास्थ्यमा कुनै समस्या नरहेको उनीहरु मृत अवस्थामा फेला परेकोले घटना शङ्कास्पद रहेको क्षेत्रीले बताए । ‘घटना शङ्कास्पद नै छ, नजिकको प्रहरी गएर घटनास्थल सुरक्षित राखिरहेको छ,’ क्षेत्रीले भने, ‘अहिले म पनि जाँदै छु, बाटोमा छु ।’ अनुसन्धानपछि मात्रै सबै कुरा भन्न सकिने उनले बताए ।...