७ महिनामा मुस्ताङमा ३ लाख २५ हजार पर्यटक भित्रिए

मुस्ताङ — चालु आर्थिक वर्षको सात महिनामा मुस्ताङ जिल्लामा कुल ३ लाख २५ हजार ५५८ जना पर्यटक भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन्।

प्रहरी तथ्यांकअनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका पर्यटकमध्ये साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार ४ पर्यटक रहेका छन्।

गत वर्ष सोही अवधिमा मुस्ताङ भ्रमण गरेका पर्यटक ३ लाख ४० हजार ७२९ थिए। यस आधारमा चालु वर्षमा १८ हजार १७१ जना अर्थात् ५.३३% कम पर्यटक भित्रिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी र मुस्ताङको सिमाना घाँसामा, पोखरा–जोमसोम हवाईमार्ग र मनाङ हुँदै थोरङ्लापास मार्गबाट भित्रिने विदेशी तथा स्वदेशी पर्यटकको अभिलेख संकलन गरिएको छ।

मुस्ताङमा आव २०८०/८१ मा ४ लाख ५४ हजार ३२६ र आव २०८१/८२ मा ७ लाख ५ हजार ७७९ जना पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकको सहजताका कारण मुस्ताङमा पर्यटक आगमन दर वृद्धि भएको छ।

मुस्ताङमा भित्रिएका सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्कने गर्छन्। अन्य विदेशी पर्यटक भने बेनी–जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङ्लापास क्रस गरेर मुस्ताङ प्रवेश गर्ने गर्छन्।

कागबेनीधाममा पितृ उद्धार र मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने स्वदेशी पर्यटकको संख्या पनि बढ्दो छ। मुस्ताङमा भित्रिएका पर्यटकमध्ये करिब ३% विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन्। हालै सडक सहज भएपछि जोमसोम–कोरला मार्ग हुँदै उल्लेख्य संख्यामा स्वदेशी पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...