मकवानपुरमा ईभी गाडी दुर्घटना, नौ भारतीयसहित ११ जना घाइते
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगर क्षेत्रमा ईभी गाडी दुर्घटना हुँदा नौ जना भारतीय नागरिकसहित ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी सडक छेउको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेका भारतीय नागरिकहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडी चालक धनुषाको लक्ष्मीनिया–४ निवासी ३० वर्षीय पिन्टु सिंहसहित दुई जना नेपाली भने सकुशल रहेका छन् भने एक जना घाइते उपचारपछि आफैं घर फर्किएका छन्।
दुर्घटनापछि प्रहरीले चालक सिंहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।...















