खेलकुद

टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 फाइनल खेल भब्य रुपमा सम्पन्न

टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 फाइनल खेल भब्य रुपमा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
टोखा बक्सिङ क्लब को आयोजनामा सम्पन्न U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको फाइनल खेल टोखा नगरपालिका वडा नं. ७ धापासी हाइटस्थित तिलिंगटार माध्यमिक विद्यालय को प्रांगणमा उत्साहपूर्ण तथा भव्य वातावरणबीच सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न स्थानबाट आएका युवा बक्सिङ खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए । खेलमा विजयी तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, अवार्डसँगै नगद पुरस्कारको समेत व्यवस्था गरिएको थियो । आयोजकका अनुसार यस्ता प्रतियोगिताले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासित र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा बक्सिङ खेलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै नेपाल बक्सिङ महासंघ ले यस्ता...
टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको पहिलो चरण सम्पन्न

टोखा बक्सिङ क्लबद्वारा आयोजित U-15 तथा U-17 बक्सिङ प्रतियोगिताको पहिलो चरण सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, मनोरञ्जन, समाचार
टोखा बक्सिङ क्लब द्वारा आयोजित U-15 तथा U-17 स्तरको बक्सिङ प्रतियोगिताको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता टोखा नगरपालिका वडा नं. ७ धापासी हाइटस्थित तिलिंगटार माध्यमिक विद्यालय को प्रांगणमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको हो। प्रतियोगितामा विभिन्न स्थानबाट आएका युवा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्राविधिक समितिका अनुसार पहिलो दिन कुल १५ वटा बाउट सम्पन्न भएका छन् भने भोलि १४ वटा फाइनल खेल सञ्चालन हुने जानकारी दिइएको छ। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै बक्सिङ खेलप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता टेक बहादुर थापाले गर्नुभएको थियो भने उद्घोषकको भूमिकामा विकास सिलवाल रहनुभएको थियो। कार्यक्रममा उपस्थिति को रुपमा वडा ८ को अध्यक्ष रमेश खत्री...
वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा राजस्थान ७ विकेटले विजयी

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङमा राजस्थान ७ विकेटले विजयी

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । युवा ब्याटर वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्समाथि ७ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । मंगलबार भएको उच्च स्कोरको खेलमा लखनउले दिएको २२१ रनको विशाल लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा वैभव सूर्यवंशीले ३८ बलमा १० छक्कासहित ९३ रनको उत्कृष्ट योगदान दिए । उनलाई मध्यक्रमका ब्याटर ध्रुव जुरेलले साथ दिँदै ३८ बलमा ५३ रनमा अविजित रहे । यस्तै ओपनर यशस्वी जैसवालले २३ बलमा ४३ रन बनाए । बलिङतर्फ लखनउका मोहसिन खान र आकाश सिंहले १–१ विकेट लिए पनि महँगो साबित भए । आकाश सिंहले ३ ओभरमा ५४ रन खर्चिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले २० ओभरमा ५ विकेट गुमाउँदै २२० रनको बलियो योगफल खडा गरेको थियो । लखनउका लागि मिचेल मार्शले ५७ ...
नेपालद्वारा मलेसियामाथि दुई विकेटको रोमाञ्चक जित

नेपालद्वारा मलेसियामाथि दुई विकेटको रोमाञ्चक जित

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
नेपाली महिला क्रिकेट टोलीले एसीसी महिला टी–२० एसिया छनोटको तयारीअन्तर्गत भएको पहिलो अभ्यास खेलमा मलेसियालाई दुई विकेटले पराजित गरेको छ। मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले संघर्षपूर्ण जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो। मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् भने अन्य ब्याटर नेपाली बलिङसामु टिक्न सकेनन्। नेपालका लागि पूजा महतो ले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन्। मनिषा उपाध्याय ले २ विकेट हात पार्दा रिया शर्मा ले पनि २ विकेट लिइन्। यस्तै सीता राना मगर र कविता कुँवर ले समान एक–एक विकेट लिए। ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि सम्झना खड्का ले ३९ बलमा ३२ रन बनाउँदै टोलीलाई जित दिलाइन्। रुबी पोदार ले १५ रनको योगदान दिइन्। मलेसि...
स्कटल्याण्डविरुद्ध नेपाललाई १९५ रनको सामान्य लक्ष्य

स्कटल्याण्डविरुद्ध नेपाललाई १९५ रनको सामान्य लक्ष्य

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– International Cricket Council क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी रहेको छ । कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा भइरहेको खेलमा स्कटल्याण्डले नेपालसामु १९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालको अनुशासित र कसिलो बलिङसामु स्कटल्याण्ड टिक्न नसक्दा टोली ३९.१ ओभरमै अलआउट हुँदै १९४ रनमा समेटिएको हो । नेपालका लागि Lalit Rajbanshi ले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने Sandeep Lamichhane ले तीन विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले सुरुआत राम्रो बनाउन नसक्दा लगातार विकेट गुमाएको थियो । नेपाली बलरहरूले सुरुदेखि नै दबाब बनाएका कारण स्कटिश ब्याटरहरू खुलेर खेल्न सकेनन् । आजको खेलमा नेपालको प्लेइङ–११ मा कुनै परिवर्तन गरिएको छैन । टोलीमा कुशल भुर्तेल, आशीफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, इ...
सन्दीप लामिछानेको विश्व कीर्तिमान, ७३ खेलमै १५० विकेट पूरा

सन्दीप लामिछानेको विश्व कीर्तिमान, ७३ खेलमै १५० विकेट पूरा

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । नेपाली लेग स्पिनर Sandeep Lamichhane ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । स्कटल्यान्डविरुद्ध जारी खेलमा दुई विकेट लिएसँगै सन्दीपले एकदिवसीय क्रिकेटमा १५० विकेट पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल ७३ खेलमै हासिल गर्दै सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड आफ्नो नाममा लेखाएका छन् । यसअघि उक्त कीर्तिमान अष्ट्रेलियाका Mitchell Starc को नाममा रहेको थियो । स्टार्कले ७७ एकदिवसीय खेलमा १५० विकेट पूरा गरेका थिए । सन्दीपले स्कटल्यान्डका ब्याटर ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै आफ्नो १५०औँ विकेट पूरा गरेका हुन् । नेपाली क्रिकेटका लागि यो उपलब्धिलाई ऐतिहासिक मानिएको छ ।...
अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु

अमेरिकाविरुद्ध नेपाल पहिला बलिङमा, ईशान पाण्डेको एकदिवसीय डेब्यु

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । आजको खेलमार्फत नेपालका युवा खेलाडी ईशान पाण्डे ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । घरेलु पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टोलीमा अवसर दिइएको हो । आजको खेलमा कुशल भुर्तेल र सोमपाल कामी पनि टोलीमा समावेश छन् । नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव तथा सोमपाल कामी रहेका छन् । नेपाल र अमेरिकाबीच हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ९ खेल भएका छन् । तीमध्ये नेपाल र अमेर...
विदेशी लिगमा लोकेश बमको डेब्यु, बेल्जियमको एन्टवर्प एंकर्ससँग सम्झौता

विदेशी लिगमा लोकेश बमको डेब्यु, बेल्जियमको एन्टवर्प एंकर्ससँग सम्झौता

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
काठमाडौं । नेपाली क्रिकेटर Lokesh Bam बेल्जियममा हुने ईयू टी–२० प्रतियोगिता खेल्ने भएका छन् । उनी बेल्जियन फ्रेन्चाइज टोली Antwerp Anchors मा अनुबन्धित भएका हुन् । यो लोकेशको पहिलो विदेशी क्लब सम्झौता हो । एंकर्सले शुक्रबार सामाजिक सञ्जालमार्फत लोकेशलाई टोलीमा स्वागत गरेको जानकारी दिएको हो । यससँगै उनी उक्त टोलीबाट खेल्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपाली राष्ट्रिय टोलीका ओपनर Aasif Sheikh पनि एंकर्समा आबद्ध भइसकेका छन् । टोलीका मुख्य प्रशिक्षक Donovan Miller रहेका छन् भने टोलीमा Andre Russell, Martin Guptill, David Wiese तथा Ruben Trumpelmann जस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडी पनि समावेश छन् । लोकेशले नेपालका लागि हालसम्म २३ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २१५ रन बनाइसकेका छन् । पहिलो संस्करणको ईयू टी–२० बेल्जियम आगामी जुन ६ देखि १४ तारिखसम्म सञ्चालन हुनेछ । प...
दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयतामा सुधार, १२ स्थान उक्लिए

दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयतामा सुधार, १२ स्थान उक्लिए

Breaking News 1, Breaking News 2, आजको विशेष, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गर्दै माथिल्लो स्थानमा पुगेका छन्। International Cricket Council (आईसीसी) ले हालै अद्यावधिक गरेको वरीयताअनुसार ऐरी १२ स्थान उक्लिँदै ३१औँ स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढेर १४८ पुगेको जनाइएको छ। घरेलु मैदानमा सम्पन्न लिग–२ शृंखलामा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा उनको वरीयता सुधार भएको हो। उक्त शृंखलामा उनले चार खेलमा दुई अर्धशतक र एक शतकसहित टोलीलाई महत्वपूर्ण योगदान दिएका थिए। बलिङतर्फ पनि उनले चार विकेट लिएका थिए। खेल प्रदर्शनका क्रममा उनले यूएईविरुद्धको पहिलो खेलमा ७५ रन बनाउनुका साथै एक विकेट लिएका थिए। ओमानविरुद्धको खेलमा ६० रनसहित दुई विकेट हात पारेका थिए। दोस्रो पटक यूएईसँगको भेटमा उनले शतक प्रहार गरेका थिए भने ओमानसँगको ...
तिलिचो तालमा भएको रेस्लिङ ‘वल्र्ड बुक अफ रेकर्ड’मा सूचीकृत

तिलिचो तालमा भएको रेस्लिङ ‘वल्र्ड बुक अफ रेकर्ड’मा सूचीकृत

Breaking News 1, अन्तर्राष्ट्रिय, आजको विशेष, खेलकुद, ताजा अपडेट, प्रदेश समाचार, समाचार
काठमाडौं । मनाङस्थित तिलिचो तालमा आयोजना गरिएको ऐतिहासिक रेस्लिङ प्रतियोगिता ‘वल्र्ड बुक अफ रेकर्ड, लन्डन’मा समावेश भएको छ। करिब ४,९१९ मिटर उचाइमा रहेको विश्वकै उच्च स्थानमा अवस्थित तालमध्ये एक तिलिचोमा सम्पन्न उक्त प्रतियोगिताले नयाँ कीर्तिमान कायम गरेको हो। नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा गत नोभेम्बर २६ मा आयोजित उक्त प्रतिस्पर्धामा नेपालकी भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) सँग प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा नेपाली खेलाडीहरू भगवती र अस्मिता विजयी भएका थिए। उक्त कीर्तिमानको प्रमाणपत्र पूर्व उपसभामुख इन्दिरा रानाले एक कार्यक्रमबीच खेलाडीहरूलाई प्रदान गरिन्। फाउन्डेसनमा भगवती अध्यक्ष तथा अस्मिता कोषाध्यक्षको भूमिकामा रहेका छन्। यसअघि पनि फाउन्डेसनले विश्वकै अग्लो स्थानमा रेस्लिङ आयोजना गर्ने लक्ष्यसहित सोलुखुम्बुको खु...