विश्वकपमा केप भर्डेको चमत्कारिक यात्रा जारी, उरुग्वेलाई २–२ को बराबरीमा रोक्यो

मियामी । पहिलो पटक फिफा विश्वकपमा सहभागिता जनाएको केप भर्डेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै दुई पटकको विश्वविजेता उरुग्वेलाई २–२ गोलको रोमाञ्चक बराबरीमा रोक्न सफल भएको छ।

समूह ‘एच’ अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा केप भर्डेले उरुग्वेसँग अंक बाँड्दै नकआउट चरण प्रवेशको आशा जीवित राखेको हो।

यसअघि आफ्नो पहिलो खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सबैलाई चकित पारेको केप भर्डेले उरुग्वेविरुद्ध पनि साहसिक प्रदर्शन गर्‍यो। खेलको २१औँ मिनेटमा केभिन पिनाले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको आकर्षक फ्रिकिक गोलमा परिणत भएपछि केप भर्डेले अप्रत्याशित अग्रता लिएको थियो।

तर अग्रता जोगाउने प्रयासमा डिफेन्स कमजोर बन्दा उरुग्वे खेलमा फर्कियो। म्याक्सी अराउजोले डाइभिङ हेडरमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा उरुग्वेले खेलमा नियन्त्रण कायम राखे पनि केप भर्डेले हार मानेन। उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेराको गल्तीपूर्ण पासलाई हेलियो वारेलाले सदुपयोग गर्दै गोल गरेपछि खेल पुनः बराबरीमा पुग्यो।

खेलको अन्तिम चरणमा फेडरिको भाल्भर्डेले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले अफसाइड ठहर गरेपछि उरुग्वे सम्भावित जितबाट वञ्चित भयो। इन्जुरी समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि निर्णायक गोल निस्कन सकेन।

यो नतिजासँगै समूह ‘एच’ मा दुई खेलबाट समान २–२ अंक भएका उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो स्थानमा रहेका छन्। अब समूह चरणको अन्तिम खेलमा केप भर्डेले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ भने उरुग्वेले स्पेनको चुनौती सामना गर्नेछ। नकआउट चरण प्रवेशका लागि दुवै टोलीका लागि अन्तिम खेल अत्यन्त महत्वपूर्ण रहनेछ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...