टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। विगत केही वर्षदेखि टोखा नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रूपमा बक्सिङ प्रशिक्षण प्रदान गर्दै आएको क्लबले आफ्नो प्रशिक्षण अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यका साथ औपचारिक उद्घाटन गरेको हो।

 

कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका–१० का वडा अध्यक्ष मचाकाजी महर्जनले क्लबले बालबालिका तथा युवामा खेलप्रतिको रुचि बढाउनुका साथै अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक तथा खेलकुदमूलक अभियानलाई वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा टोखा बक्सिङ क्लबका अध्यक्ष डा. टेकबहादुर थापा, प्रशिक्षक तथा टोखा नगरपालिका–८ का वडा सदस्य अनुप राई, उपाध्यक्ष करिन्द्र थापा, सचिव विकास सिलवाल, सहसचिव झलक मान श्रेष्ठ, नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी, नेपाल बक्सिङ महासंघका सचिव तथा IBA Officer एवं प्रमुख प्रशिक्षक पुष्करराज पन्त, मनोहर माध्यमिक विद्यालयकी प्रधानाध्यापक अमृता कार्की, विभिन्न रेफ्रीहरू, खेल प्रशिक्षक, अभिभावक तथा ठूलो संख्यामा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा वक्ताहरूले टोखा बक्सिङ क्लबले विगतदेखि सञ्चालन गर्दै आएको निःशुल्क प्रशिक्षण कार्यक्रमको प्रशंसा गर्दै यस अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखेका थिए। विशेषगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पनि गुणस्तरीय बक्सिङ प्रशिक्षण उपलब्ध गराएर नयाँ प्रतिभा उत्पादन गर्ने क्लबको प्रयासलाई सबैले सराहना गरेका थिए।

कार्यक्रममा क्लबलाई केवल स्थानीय वा राष्ट्रिय स्तरमा सीमित नराखी अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने, दक्ष खेलाडी उत्पादन गर्ने, आधुनिक प्रशिक्षण प्रणाली अवलम्बन गर्ने तथा नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा गौरवान्वित बनाउन सक्ने खेलाडी तयार गर्ने विषयमा विस्तृत छलफल भएको थियो। यसका लागि नेपाल बक्सिङ महासंघसँग सहकार्य गर्दै आवश्यक प्राविधिक, व्यवस्थापकीय तथा प्रशिक्षण सहयोगलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

टोखा बक्सिङ क्लबले आगामी दिनमा पनि टोखा नगरपालिकाभित्रका विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क बक्सिङ प्रशिक्षण प्रदान गर्दै खेलकुदमार्फत अनुशासित, आत्मनिर्भर र सक्षम युवा पुस्ता निर्माण गर्ने अभियानलाई निरन्तर अघि बढाउने जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...