होटल पौवाको दशक यात्रा: नेपाली स्वाद र संस्कृतिसँग ‘मिसन १००’ को लक्ष्य

भैरहवा – नेपाली आतिथ्य र रैथाने स्वादलाई ब्रान्डको रूपमा स्थापित गर्दै आएको होटल पौवा आफ्नो स्थापना भएको एक दशक पूरा गर्दै नयाँ लक्ष्यसहित अगाडि बढेको छ। ‘बालापन’को रूपमा पहिलो दशकलाई व्याख्या गरेको पौवाले अबको दस वर्षभित्र देशभर एक सय शाखा विस्तार गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

दशक पूरा भएको अवसरमा होटलले चैत महिनाको अन्तिम सातादेखि आफ्ना सबै शाखाहरूमा ‘स्वाद उत्सव’ आयोजना गर्ने तयारी गरेको छ। यो उत्सव केवल परिकारको स्वादमा सीमित नभई नेपाली संस्कृतिको झल्को दिने माध्यमका रूपमा प्रस्तुत गरिने बताइएको छ।

हालसम्म पौवाले रुपन्देहीको बुटवल, भैरहवा, सालझण्डी, कपिलवस्तुको गोरुसिङ्गे, बाँकेको नेपालगन्जदेखि कर्णालीका जुम्ला र सुर्खेतसम्म, साथै काठमाडौं, पोखरा, जनकपुर, धनगढी, तानसेन, कालिन्चोक लगायतका पर्यटकीय तथा धार्मिक गन्तव्यमा गरी १९ शाखा विस्तार गरिसकेको जनाएको छ।

होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीका अनुसार, “दश वर्ष छोटो भए पनि संस्थागत विकासका लागि अत्यन्तै संवेदनशील र महत्वपूर्ण समय हो। यस अवधिले हाम्रो पहिचान र आधार निर्माणमा ठूलो भूमिका खेलेको छ।” उनले धार्मिक स्थल केन्द्रित नयाँ शाखा विस्तारले स्वदेशी मात्र होइन, भारतीय पर्यटकसमेत आकर्षित गरिरहेको बताए।

पौवाको विशेषता भनेकै यसको नेपालीपन हो। यहाँका प्रत्येक शाखामा ग्रामीण रैथाने परिकारहरू उपलब्ध छन्, जसले नेपाली स्वादलाई जोगाउन र प्रवर्द्धन गर्न मद्दत पुर्‍याइरहेको छ। ब्रान्ड प्रमुख विष्णु भण्डारी भन्छन्, “पौवा केवल होटल होइन, यो नेपाली संस्कृतिको जिवन्त प्रतिबिम्ब हो। हाम्रो भित्री सजावटदेखि कर्मचारीको पोशाकसम्म नेपालीपन झल्किन्छ।” कर्मचारीलाई दौरा–सुरुवाल अनिवार्य गरिएको छ भने भित्ताहरूमा नेपाली कला र संस्कृतिका झलकहरू सजाइएका छन्।

उपाध्यक्ष ध्रुव न्यौपानेका अनुसार, “पहिलो दशकले हामीलाई अनुभव र विश्वास दुवै दिएको छ। यही आधारमा अब हामी अझ सशक्त र व्यवस्थित रूपमा अगाडि बढ्नेछौं।” उनले ‘मिसन १००’ केवल शाखा विस्तार मात्र नभई व्यवस्थापन क्षमता, गुणस्तर र ब्रान्ड विश्वसनीयताको परीक्षा पनि भएको उल्लेख गरे।

प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले ‘नेपाली आतिथ्यको सुरुवात पौवाबाट हुन्छ’ भन्ने नारालाई व्यवहारमा उतार्दै सेवा, संरचना र गुणस्तरलाई थप परिष्कृत गरिँदै गएको बताए। उनका अनुसार, “मानव संसाधन विकास र अन्तर्राष्ट्रिय स्तरको नेपाली हस्पिटालिटी ब्रान्ड निर्माण हाम्रो दीर्घकालीन लक्ष्य हो।”

हाल होटल पौवाका विभिन्न शाखामा २ सय ५० भन्दा बढी लगानीकर्ता आबद्ध छन् भने एक हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। एक दशकको अनुभवलाई आधार बनाउँदै पौवा अब नेपाली आतिथ्य क्षेत्रको सशक्त राष्ट्रिय ब्रान्डका रूपमा उभिने दिशामा अघि बढिरहेको देखिन्छ।

छुटाउनुभयो कि ?

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका टिस्टुङ–पालुङमा अवस्थित बज्रबाराही मन्दिर नेपालका प्राचीन तथा...
मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधा...
पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद...
केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

भक्तपुर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध केदारनाथ धाम पुग्न सबै भक्तजनका लागि सम्भव नहुने भएकाले नेपालकै ऐतिहासिक तथा धार्मिक मह...
नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ५५ मेट्रिकटन अनुदानित रासाय...
केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडी। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी ...
सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। ...