कालीमाटी बजारमा आज तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक
काठमाडौं, जेठ १९ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सूची सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूल तथा मसला बालीको मूल्य निर्धारण गरिएको हो।
आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ६०, भारतीय गोलभेँडा रु ७५, रातो आलु रु ३२–३५ र भारतीय सुकेको प्याज रु ४३ कायम गरिएको छ। यस्तै, बन्दा रु ४५, स्थानीय काउली रु ८०, सेतो मूला रु २०, लाम्चो भन्टा रु ४० तथा डल्लो भन्टा रु ५० प्रतिकिलो तोकिएको छ।
हरियो तरकारीतर्फ घिउ सिमी, बोडी र मकै बोडीको मूल्य प्रतिकिलो रु ८० देखि रु ११० सम्म रहेको छ भने भटमासको कोसा रु १५०, टाटे सिमी रु १३० र भिन्डी रु ५० कायम गरिएको छ। च्याउको मूल्य पनि उच्च रहेको छ, जसअनुसार कन्य च्याउ रु २६०, राजा च्याउ रु ३२०, डल्ले च्याउ रु ५०० र सिताके च्याउ रु १,००० प्रतिकिलो निर्धारण गर...











