पूर्वतिर सर्दै वर्षा प्रणाली: देशभर हुरीबतास र भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञानसम्बन्धी निकायले हाल सक्रिय वर्षा प्रणाली पूर्वतिर सर्दै गएको जनाउँदै देशका विभिन्न भागमा हुरीबताससहित वर्षा भइरहेको जनाएको छ। यसको प्रभाव काठमाडौं उपत्यकासहित बागमती र मधेश प्रदेशका अधिकांश क्षेत्रमा देखिन थालेको छ।

मौसमविद्का अनुसार कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अहिले हुरीबतास, मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। पश्चिमी भू–भागबाट सुरु भएको प्रणाली क्रमशः पूर्वतिर सर्दै बागमती र मधेश प्रदेशसम्म फैलिएको हो।

हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने र केही स्थानमा दुई घण्टासम्म यसको प्रभाव रहने अनुमान गरिएको छ। आज विशेषगरी केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ भने साँझपछि वर्षाको तीव्रता केही कम हुने बताइएको छ। यद्यपि, आगामी केही दिनसम्म देशभर मौसम अस्थिर रहने पूर्वानुमान गरिएको छ।

हाल नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। साथै, दक्षिणी भू–भाग हुँदै पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाले पनि मौसममा थप प्रभाव पारेको छ।

हाल सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी, कर्णाली र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ। सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा जारी छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...