ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीचको वार्षिक सम्झौताअन्तर्गत तेस्रो जनचेतनामूलक कार्यक्रम सम्पन्न
काठमाडौं । ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीच भएको वार्षिक सम्झौताअनुसार सञ्चालन भइरहेको जनचेतनामूलक अभियानअन्तर्गत तेस्रो कार्यक्रम आज काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित सनफ्लावर स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ।
यसअघि अभियानको पहिलो कार्यक्रम जनकपुरमा र दोस्रो कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकास्थित हाइली क्रियटिभ स्कुलमा सम्पन्न भएको थियो। उपभोक्तामाझ सुरक्षित ग्यास प्रयोगसम्बन्धी सचेतना विस्तार गर्ने उद्देश्यका साथ यो अभियान निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ।
कार्यक्रम ग्यास बिक्रेता महासंघको आयोजना तथा नेपाल ग्यास उद्योगको प्रायोजन एवं समन्वयमा सम्पन्न भएको हो। देशभरका बढीभन्दा बढी उपभोक्तासम्म सुरक्षित ग्यास प्रयोगसम्बन्धी जानकारी पुर्याउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष...















