टोखा–११ मा युवा तथा महिला लक्षित १० दिने इभेन्ट डेकोरेशन तालिम सम्पन्न

 

काठमाडौं। टोखा नगरपालिका–११ को आयोजनामा युवा तथा महिलालाई स्वरोजगार तथा सीपमूलक व्यवसायतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने इभेन्ट डेकोरेशन तथा स्वरोजगार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्काको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा सदस्य ईश्वरी घिमिरे आचार्य, वडा सदस्य रञ्जिता बोगटी, वडा सचिव, सहजीकरण गर्ने ग्रामीण विकास तथा अनुसन्धान केन्द्रका प्रतिनिधि, टोखा ११ को सक्रिय युवा प्रत्येक सामाजिक कार्यमा मा चासो राख्ने मनोज सर, इभेन्ट डेकोरेशनका प्रशिक्षक तथा सम्पूर्ण प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले सीपमूलक तालिमले युवाहरू र महिलाहरूलाई आत्मनिर्भर बन्न, उद्यमशीलता विकास गर्न तथा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। उनीहरूले प्राप्त सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार र उद्यममार्फत आर्थिक सशक्तीकरणतर्फ अग्रसर हुन सहभागीहरूलाई प्रेरित गरेका थिए।

कार्यक्रमको अन्त्यमा तालिम सफलतापूर्वक सम्पन्न गरेका सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार यस्ता सीपमूलक तथा आयआर्जनमुखी तालिमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने लक्ष्य रहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...