अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट त्रिविले उठायो १० करोडभन्दा बढी रकम

काठमाडौं । अध्ययन बिदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूबाट रकम असुली गर्ने प्रक्रिया तीव्र बनेको छ। हालसम्म ४१ जना प्राध्यापकले अध्ययन बिदा दुरुपयोगबापतको रकम फिर्ता गरेका छन्।

त्रिविका अनुसार हालसम्म रु १० करोड ४६ लाख ५६ हजार ८०४ विश्वविद्यालयको पेन्सन कोषमा जम्मा भइसकेको छ। अध्ययन बिदामा रहेका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरिसकेका छन् भने ६२ जनाले रकम बुझाउनका लागि निवेदन दिएका छन्। तीमध्ये ५४ जनालाई समितिले औपचारिक पत्राचार गरिसकेको जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको सक्रियता र निर्देशनपछि त्रिविले अध्ययन बिदाको दुरुपयोग सम्बन्धी छानबिनलाई तीव्रता दिएको हो। मन्त्रालयले कबुलियतनामाअनुसार रकम फिर्ता गराउन विश्वविद्यालयलाई निर्देशन दिएको बताइएको छ।

छानबिन समितिका संयोजक डा. जीवन काफ्लेले रकम असुलीको प्रक्रिया निरन्तर जारी रहेको जानकारी दिँदै बाँकी प्राध्यापकलाई पनि अविलम्ब रकम बुझाउन आग्रह गरेका छन्। विश्वविद्यालयका निमित्त उपकुलपति डा. सुशीलबहादुर बज्राचार्यले कानुनी प्रक्रिया पूरा गरी पटक–पटक सूचना जारी गरिएको उल्लेख गर्दै निर्धारित अवधिमा सम्पर्कमा नआए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका छन्।

छानबिनका क्रममा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको तथ्य फेला परेको छ। तीमध्ये १९१ जना अध्ययनका लागि बिदा लिएर सेवामा नफर्किएका र २०७ जनाले अध्ययन पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ।

त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार गठन गरिएको तीन सदस्यीय समितिले अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयले आर्थिक क्षतिसँगै शैक्षिक तथा नैतिक क्षति पनि बेहोर्नुपरेको निष्कर्ष निकालेको छ।

विश्वविद्यालयले रकम फिर्ता नगर्ने प्राध्यापकहरूको नाम सार्वजनिक गर्ने तयारीसमेत गरेको छ। त्रिविका अनुसार सम्बन्धित प्राध्यापकहरूले न्यूनतम रु १० लाखदेखि अधिकतम रु ५० लाखसम्म रकम फिर्ता गर्नुपर्ने अवस्था रहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...