ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीचको वार्षिक सम्झौताअन्तर्गत तेस्रो जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । ग्यास बिक्रेता महासंघ र नेपाल ग्यास उद्योगबीच भएको वार्षिक सम्झौताअनुसार सञ्चालन भइरहेको जनचेतनामूलक अभियानअन्तर्गत तेस्रो कार्यक्रम आज काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित सनफ्लावर स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ।

यसअघि अभियानको पहिलो कार्यक्रम जनकपुरमा र दोस्रो कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकास्थित हाइली क्रियटिभ स्कुलमा सम्पन्न भएको थियो। उपभोक्तामाझ सुरक्षित ग्यास प्रयोगसम्बन्धी सचेतना विस्तार गर्ने उद्देश्यका साथ यो अभियान निरन्तर सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

कार्यक्रम ग्यास बिक्रेता महासंघको आयोजना तथा नेपाल ग्यास उद्योगको प्रायोजन एवं समन्वयमा सम्पन्न भएको हो। देशभरका बढीभन्दा बढी उपभोक्तासम्म सुरक्षित ग्यास प्रयोगसम्बन्धी जानकारी पुर्‍याउने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलाल, प्रशिक्षक तथा उपाध्यक्ष गहेन्द्र रिजाल, उपाध्यक्ष राधिका महर्जन, कोषाध्यक्ष रविन कार्की तथा केन्द्रीय सदस्य शेषनाथ भण्डारीको उपस्थिति रहेको थियो। नेपाल ग्यास उद्योगका तर्फबाट मार्केटिङ म्यानेजर बुद्धिगम्भीर पण्डित सहभागी हुनुहुन्थ्यो।

आजको कार्यक्रममा तारकेश्वर क्षेत्रका चार संस्थामा आबद्ध अपाङ्गता भएका आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सहभागिता रहेको थियो। प्रशिक्षकहरूले ग्यास सुरक्षित रूपमा कसरी प्रयोग गर्ने, ग्यासमा आगलागी भएमा कसरी नियन्त्रण गर्ने, उपयुक्त ग्यास पाइपको छनोट कसरी गर्ने तथा ग्यास चुहावट हुन नदिन अपनाउनुपर्ने सावधानीका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरेका थिए।

सहभागीहरूले कार्यक्रमलाई उपयोगी र प्रभावकारी भएको बताउँदै यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...