माग सम्बोधन नभएको भन्दै अनुदानमा कार्यरत शिक्षकहरूको माइतीघरमा प्रदर्शन

काठमाडौं । संघीय शिक्षण–सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आफ्ना माग सम्बोधन नगरेको भन्दै मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी शिक्षकहरूले सम्मानजनक तलब वृद्धि, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा कोषमा आबद्धता, सेवा निरन्तरता तथा सरकारसँग विगतमा भएका सहमति कार्यान्वयनको माग गरेका छन्।

अंग्रेजी, गणित र विज्ञान विषय अध्यापन गरिरहेका करिब ११ हजार शिक्षकहरूले दरबन्दी मिलान, तह समायोजन वा विद्यालय मर्ज हुँदा पनि सेवा निरन्तरता सुनिश्चित गर्नुपर्ने, उमेर हदका आधारमा सेवाबाट हटाउन नहुने तथा शिक्षक सेवा आयोगको परीक्षामा अनुभवका आधारमा अतिरिक्त अंक प्रदान गर्नुपर्ने माग राखेका छन्।

मागप्रति सरकारले बेवास्ता गरे पठनपाठन प्रभावित पार्नेदेखि सामूहिक राजीनामासम्मका आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी शिक्षकहरूले दिएका छन्। साथै, आन्दोलनका कारण शैक्षिक क्षेत्रमा पर्ने असरको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...