राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा धादिङ क्षेत्र नम्बर–२ मा प्रत्यक्ष उम्मेदवार परिचय कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा धादिङ क्षेत्र नम्बर–२ मा प्रत्यक्ष उम्मेदवार परिचय कार्यक्रम सम्पन्न

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ क्षेत्र नम्बर–२ द्वारा प्रत्यक्षतर्फका उम्मेदवार परिचय कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। पार्टीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका शीर्ष नेता, उम्मेदवार तथा सयौँ कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा राप्रपाका नेता बुद्धमान तामाङ,  धादिङ क्षेत्र नम्बर २ (ख)प्रदेश सांसद डम्बर तामाङ      पूर्व सांसद बिना लामा, खेलकुद विभाग प्रमुख धुर्वविक्रम मल्ल, धादिङ क्षेत्र नम्बर–२ का प्रत्यक्ष उम्मेदवार सुरेश रिजाल, समानुपातिक उम्मेदवार सरस्वती लामा ह्योल्मो लगायतका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उपस्थित नेताहरूले पार्टीको विचार, सिद्धान्त र आगामी निर्वाचनका लक्ष्यबारे स्पष्ट धारणा राख्दै कार्यकर्ताहरूलाई उत्साह र प्रेरणा प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले धादिङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनीहरूले जनताको विश्वास, साथ र समर्थनका आधारमा आगामी निर्वाचनमा विजय हासिल गरी सुशासन स्थापना गर्ने, क्षेत्रको समग्र विकासलाई तीव्रता दिने तथा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसका साथै वक्ताहरूले देशको मौलिक पहिचान, धर्म, संस्कृति र परम्पराको संरक्षणमा राप्रपा सधैं अग्रसर रहेको उल्लेख गर्दै सनातन धर्म तथा हिन्दु राष्ट्रको पहिचान कायम गर्ने विषयलाई पार्टीको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए। उनीहरूले देशमा स्थायित्व, समृद्धि र राष्ट्रिय एकताको लागि राजसंस्था पुनःस्थापना आवश्यक रहेको धारणा समेत व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीप्रति आफ्नो पूर्ण समर्थन र प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा एकताबद्ध भएर सक्रिय रूपमा लाग्ने संकल्प व्यक्त गरेका थिए। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूको उल्लेखनीय उपस्थितिले धादिङमा राप्रपाको संगठन बलियो बन्दै गएको सन्देश दिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर आफ्नो संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा उम्मेदवार परिचय कार्यक्रमलाई तीव्रता दिइरहेको छ। धादिङ क्षेत्र नम्बर–२ मा सम्पन्न उक्त कार्यक्रमले पार्टीका कार्यकर्ता तथा समर्थकहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...