ब्यापार

बन्द तथा घाटामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनतर्फ

बन्द तथा घाटामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनतर्फ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, राजनीति, समाचार
प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योगहरू क्रमशः पुनः सञ्चालन र सुधारको बाटोमा अघि बढिरहेको बताएका छन्। इमानदार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको टिमवर्कका कारण राष्ट्रिय उद्योगहरू चलायमान हुन थालेको उनको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा रु. २ करोड ३८ लाखको औषधि बिक्री गरेको छ भने गत आर्थिक वर्षमा रु. ३ करोड नाफा कमाएको छ। हाल ११ प्रकारका औषधि उत्पादन भइरहेकोमा थप २५ प्रकारका औषधि उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ। त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीमा अघि बढेको छ। उद्योगका तान मर्मतपछि परीक्षण उत्पादनसमेत सुरु भएको जनाइएको छ। नेपाल वायुसेवा निगमले चैतदेखि असारसम्म रु. ६ अर्ब २७ करोड आम्दानी गरेको छ। सो अवधिमा सिट अकुपेन्सी ८६ प्रतिशत पुगेको र जहाजको ऋणबापत रु. ...
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र बनाएको जनाएको छ। मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आयात गरिँदैछ। उक्त मल असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। भारतसँग भएको ८० हजार मेट्रिक टन मल आपूर्ति सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ। यस्तै, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डर मार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाइएको छ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ। यी मल सा...
सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
काठमाडौं — नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो। शुक्रबार प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।...
ग्यास विक्रेता महासंघ नेपाल द्वारा आयोजित अकाउन्टिङ सफ्टवेयर सम्बन्धी तालिम भब्य रुपमा सम्पन्न

ग्यास विक्रेता महासंघ नेपाल द्वारा आयोजित अकाउन्टिङ सफ्टवेयर सम्बन्धी तालिम भब्य रुपमा सम्पन्न

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
ग्यास विक्रेता महासंघ नेपालले ग्यास विक्रेताहरूलाई आधुनिक प्रणालीमा आधारित हिसाब–किताब तथा कारोबार व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले ई–बिलिङ तथा अकाउन्टिङ सफ्टवेयर सम्बन्धी विशेष तालिम तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममार्फत विक्रेताहरूलाई कारोबारमा हुने मिसम्याच (गलत हिसाब–किताब) बाट जोगाउनका लागि कम खर्चमा, सरल र सहज रूपमा प्रयोग गर्न सकिने सफ्टवेयर प्रणाली महासंघले उपलब्ध गराएको जानकारी दिइएको छ। यस प्रणालीमार्फत विक्रेताहरूले आफ्नो दैनिक खरिद–बिक्री, हिसाब–किताब तथा कर सम्बन्धी विवरणहरू डिजिटल रूपमा व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाइएको छ। कार्यक्रममा ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्याल, वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद हुलाल, उपाध्यक्षहरू गेहेन्द्र रिजाल, रामप्रसाद ज्ञवाली तथा राधिका महर्जन, सचिव कृष्ण गैरे, कोषाध्यक्ष रविन कार...
🥭 बजारमा आँपको चहलपहल, किनमेल गर्नेको भीड बढ्यो

🥭 बजारमा आँपको चहलपहल, किनमेल गर्नेको भीड बढ्यो

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, विचार, समाचार
काठमाडौँ उपत्यका लगायत देशका विभिन्न बजारहरूमा यतिबेला आँपको बिक्री तीव्र रूपमा बढेको छ। गर्मी मौसम सुरु भएसँगै बजारमा विभिन्न जातका ताजा आँप भित्रिन थालेपछि उपभोक्ताहरूको भीड उल्लेखनीय रूपमा बढेको देखिएको छ। व्यापारीहरूका अनुसार पछिल्ला दिनहरूमा आँपको माग उच्च रहेको छ। उपभोक्ताहरूले स्वादिष्ट र सस्तो मूल्यमा उपलब्ध हुने भएकाले आँपको किनमेलमा चासो देखाइरहेका छन्। विशेषगरी दशहरी, मलदह र स्थानीय जातका आँप बढी बिक्री भइरहेको बताइएको छ। बजार व्यवस्थापन समितिहरूले पनि भीड व्यवस्थापन सहज बनाउन बिहान र साँझको समयमा थप निगरानी बढाएको जनाइएको छ। गर्मी मौसमसँगै फलफूलको खपत बढ्ने भएकाले आगामी दिनमा आँपको कारोबार अझै वृद्धि हुने अनुमान गरिएको छ।...
सुनको मूल्यमा गिरावट, चाँदीमा वृद्धि

सुनको मूल्यमा गिरावट, चाँदीमा वृद्धि

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
Kathmandu — सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । आज सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ४०० रुपैयाँले घटेको हो । आइतबार प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको Federation of Nepal Gold and Silver Dealers' Associationले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । आइतबार प्रतितोला ५ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ । बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्नुले लगानीकर्ताको ध्यान पुनः बहुमूल्य धातुतर्फ आकर्षित भएको देखिएको छ ।...
झण्डै ४ हजारले घट्यो सुनको भाउ

झण्डै ४ हजारले घट्यो सुनको भाउ

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, समाचार
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य झण्डै ३ हजार ८ सय रुपैयाँले घटेको छ। सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९१ हजार रुपैयाँमा झरेको हो, जसको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघ ले दिएको छ। चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। सोमबार ५ हजार ३० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ, अर्थात् प्रतितोला १ सय ५० रुपैयाँले कमी आएको छ।...
सीमामा कडाइपछि रुपन्देहीका उद्योग–व्यवसाय चलायमान

सीमामा कडाइपछि रुपन्देहीका उद्योग–व्यवसाय चलायमान

Breaking News 1, Breaking News 2, आजको विशेष, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, विचार, समाचार
काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यमा कडाइ गरेसँगै रुपन्देही क्षेत्रका उद्योग–व्यवसायहरू पुनः चलायमान हुन थालेका छन्। घरायसी प्रयोजनको नाममा भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू भएपछि सुनौली नाका आसपासका नेपाली व्यापारीहरूले खुसी व्यक्त गरेका छन्। यसअघि सामान्य किनमेलका लागि पनि भारतीय बजारतर्फ जाने प्रवृत्तिका कारण नेपाली बजार सुनसान हुनुका साथै राजस्वमा समेत गिरावट आएको थियो। हाल पारिबाट ल्याइने सामानमा भन्सार लाग्न थालेपछि ती वस्तु महँगा पर्न गएका छन्, जसका कारण उपभोक्ताहरू स्वदेशी बजारतर्फ आकर्षित हुन थालेका छन्। यसले स्थानीय व्यापार प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ। उद्योगी–व्यवसायीहरूले यस कदमलाई तस्करी नियन्त्रणतर्फ प्रभावकारी ...
काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, ब्यापार, विचार, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको छ। विशेषगरी केराको मूल्य खुद्रा बजारमा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ, जबकि किसानले भने सोही उत्पादनको ६० देखि ८० रुपैयाँ मात्र प्राप्त गरिरहेका छन्। यसले उत्पादनदेखि उपभोक्तासम्मको मूल्य श्रृंखलामा गम्भीर असन्तुलन देखिएको छ। त्यस्तै, ग्यास अभावको समस्या पनि बढ्दै गएको छ। उपभोक्ताहरूले सिलिन्डर साट्न ५०० देखि १ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नु परेको गुनासो गरेका छन्। आपूर्ति व्यवस्थापन कमजोर हुँदा उपभोक्ता थप समस्यामा परेका हुन्। यातायात क्षेत्रमा पनि सरकारले तोकेको भाडादरभन्दा बढी असुली भइरहेको भन्दै असन्तुष्टि बढेको छ। अनौपचारिक रूपमा अतिरिक्त शुल्क लिने प्रवृत्तिले सर्वसाधारण यात्रु प्रत्यक्ष प्रभावित भएका छन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै समग्र...
कोइला अभावले हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

कोइला अभावले हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, ब्यापार, विचार
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा कोइलाको मौज्दात सकिएपछि आज (वैशाख ३) बिहानदेखि उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। केही साताअघि मात्रै नियमित सञ्चालनमा फर्किएको उद्योग पुनः कच्चा पदार्थ अभावका कारण बन्द हुन पुगेको हो। उद्योग व्यवस्थापनले करिब तीन हजार मेट्रिकटन कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको जनाएको छ। उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठका अनुसार करिब दुई हप्ताभित्र कोइला आइपुग्ने अपेक्षा गरिएको छ। कोइलाको गुणस्तर परीक्षणपछि मात्रै पुनः उत्पादन सुरु गर्ने समय निर्धारण गरिने उनले बताए।  ...