काठमाडौं उपत्यकामा महँगीको चाप: दैनिक उपभोग्य वस्तु, ग्यास र यातायात भाडा अनियन्त्रित, उपभोक्ता मारमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो समय दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको छ। विशेषगरी केराको मूल्य खुद्रा बजारमा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ, जबकि किसानले भने सोही उत्पादनको ६० देखि ८० रुपैयाँ मात्र प्राप्त गरिरहेका छन्। यसले उत्पादनदेखि उपभोक्तासम्मको मूल्य श्रृंखलामा गम्भीर असन्तुलन देखिएको छ।

त्यस्तै, ग्यास अभावको समस्या पनि बढ्दै गएको छ। उपभोक्ताहरूले सिलिन्डर साट्न ५०० देखि १ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क तिर्नु परेको गुनासो गरेका छन्। आपूर्ति व्यवस्थापन कमजोर हुँदा उपभोक्ता थप समस्यामा परेका हुन्।

यातायात क्षेत्रमा पनि सरकारले तोकेको भाडादरभन्दा बढी असुली भइरहेको भन्दै असन्तुष्टि बढेको छ। अनौपचारिक रूपमा अतिरिक्त शुल्क लिने प्रवृत्तिले सर्वसाधारण यात्रु प्रत्यक्ष प्रभावित भएका छन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै समग्र बजारमा महँगी बढेपनि प्रभावकारी अनुगमन नहुँदा कालोबजारी मौलाएको आरोप उपभोक्ताहरूको छ। बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने मूल्य निर्धारण खुला बजार प्रणाली अनुसार हुने भएकाले तोकिएकोभन्दा बढी असुली भए मात्र कारबाही गर्न सकिने जनाएको छ।

उपभोक्ता अधिकारकर्मीहरूले भने कानुनी जटिलता देखाएर राज्य पन्छिन नमिल्ने भन्दै कडा अनुगमन र तत्काल कारबाहीको माग गरेका छन्। उनीहरूका अनुसार नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयन प्रभावकारी हुनुपर्ने आवश्यकता छ।

विशेषज्ञहरूका अनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव हुँदा बजार अनुगमन कमजोर बनेको छ। यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको भन्दै उनीहरूले संयुक्त अनुगमन प्रणाली र कडा नियमन आवश्यक रहेको सुझाव दिएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...