धरानमा ५९ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहान गरिएको सवारी जाँचका क्रममा ५९ किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको संयुक्त टोलीले भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियोलाई रोकेर जाँच गर्दा गाँजा फेला परेको हो।
प्रहरीका अनुसार सवारी साधनको सिटमुनि ‘फल्स बटम’ बनाई लुकाइछिपाइ गरेर गाँजा ओसारपसार गरिएको थियो। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय चालक सुबिध कुमार, सोही स्थानका २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेर रहेका छन्।
तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाए...














