अमेरिकाविरुद्ध नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु, वुमेन्स च्यालेन्ज ट्रफी आजदेखि सुरु

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा पहिलोपटक सञ्चालन भएको वुमेन्स च्यालेन्ज ट्रफी २०२६ मा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपाली महिला टोलीले उद्घाटन खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ ४:४५ बजे सुरु हुनेछ।

यो खेल नेपालका लागि विशेष अर्थ राख्छ, किनभने टी–२० अन्तर्राष्ट्रिय मान्यतामा अमेरिकासँग नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि दुवै टोलीबीच अभ्यास खेल भए पनि ती खेलले अन्तर्राष्ट्रिय मान्यता पाएका थिएनन्। नेपाल मात्र होइन, प्रतियोगितामा सहभागी अधिकांश टोलीसँग पनि नेपाली महिला टोलीले पहिलोपटक टी–२० आई खेल खेल्दैछ।

अप्रिल १८ देखि मे १ सम्म चल्ने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। प्रतियोगिता डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ, जहाँ प्रत्येक टोलीले एक–अर्कासँग दुईपटक खेल्नेछन्। अंक तालिकामा शीर्ष स्थान हासिल गर्ने टोली च्याम्पियन बन्ने प्रावधान छ।

नेपाल महिला टोलीका लागि यो प्रतियोगिता अर्को ऐतिहासिक अवसर पनि हो, किनभने टोलीले पहिलोपटक रुवान्डामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्दैछ। आईसीसीले एसोसिएट राष्ट्रहरूलाई थप अवसर उपलब्ध गराउने उद्देश्यसहित यो प्रतियोगिता सुरु गरेको हो।

प्रतियोगितामा सहभागी टोलीहरूको आईसीसी टी–२० आई वरियता अनुसार नेपाल २१औँ स्थानमा रहँदै सबैभन्दा माथिल्लो स्थानमा छ। त्यसपछि इटाली २३औँ, अमेरिका २४औँ, रुवान्डा २५औँ र भानुआतु ३०औँ स्थानमा छन्।

नेपालले आफ्नो दोस्रो खेल वैशाख ६ गते इटालीसँग खेल्नेछ। त्यसपछि वैशाख ९ मा रुवान्डा, वैशाख १० मा भानुआतु र वैशाख १२ मा पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका छ। त्यस्तै, वैशाख १४ मा रुवान्डा, १५ मा भानुआतु र १६ मा इटालीसँग खेल्दै नेपालले लिग चरणका सबै खेल सम्पन्न गर्नेछ।

नेपालको टोली
इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...