ढुवानी र कच्चा पदार्थ महँगिएपछि प्रशोधित पानीको मूल्य बढ्ने

काठमाडौं — नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ। बढ्दो ढुवानी खर्च र कच्चा पदार्थको मूल्यमा आएको तीव्र वृद्धिका कारण उद्योग सञ्चालन महँगो बनेपछि यस्तो निर्णय गरिएको महासंघले जनाएको हो।

महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार तथा जार क्यापलगायत सामग्रीको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढुवानी खर्चसमेत उल्लेखनीय रूपमा बढाएको छ।

महासंघले सुरक्षित र गुणस्तरीय पिउने पानी उपलब्ध गराउँदै आएको यस उद्योगले राजस्व संकलन, रोजगारी सिर्जना र बजार आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरेको छ। तर पछिल्लो समय लागत अत्यधिक बढेपछि पुरानै मूल्यमा पानी बिक्री गरी उद्योग सञ्चालन सम्भव नभएको निष्कर्ष निकालिएको छ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावसमेत उल्लेख गरिएको छ। विशेषगरी इरान–इजरायल तनाव तथा इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति प्रणाली प्रभावित हुँदा कच्चा पदार्थको उपलब्धता र मूल्यमा प्रत्यक्ष असर परेको महासंघको भनाइ छ।

महासंघले विस्तृत अध्ययन र लागत विश्लेषणपछि उद्योगको दिगोपना कायम राख्न मूल्य समायोजन अपरिहार्य भएको स्पष्ट पारेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...