वुमेन्स च्यालेन्ज ट्रफी २०२६ : अमेरिकाविरुद्ध आज नेपाल महिला टोलीको ऐतिहासिक डेब्यु भिडन्त

काठमाडौं – ICC Women’s Challenge Trophy 2026 अन्तर्गत नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल Gahanga International Cricket Stadium मा साँझ ४:४५ बजे सुरु हुनेछ।

टी–२० अन्तर्राष्ट्रिय मान्यतासहित अमेरिकाविरुद्ध नेपालले पहिलो पटक खेल्न लागेको हो। यसअघि यी दुई टोलीबीच अभ्यास खेल भए पनि आधिकारिक टी–२०आई मान्यता प्राप्त थिएन। प्रतियोगितामा सहभागी अन्य टोलीहरूसँग पनि नेपालले पहिलो पटक टी–२०आई प्रतिस्पर्धा गर्दैछ।

अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन्। डबल राउण्ड रोबिन आधारमा खेलिने प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अन्त्यमा सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ।

नेपाल महिला टोली पहिलो पटक रुवान्डामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। International Cricket Council (आईसीसी) ले एसोसिएट राष्ट्रहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले पहिलो पटक यस प्रतियोगिताको आयोजना गरेको हो।

वरियताको आधारमा नेपाल (२१औँ स्थान) प्रतियोगितामा सबैभन्दा माथिल्लो स्थानमा रहेको टोली हो। त्यसपछि इटाली (२३औँ), अमेरिका (२४औँ), रुवान्डा (२५औँ) र भानुआतु (३०औँ) स्थानमा छन्।

नेपालको आगामी खेल तालिका अनुसार दोस्रो खेल इटालीसँग, तेस्रो रुवान्डासँग, चौथो भानुआतुसँग हुनेछ। प्रतियोगिताभर नेपालले कुल आठ खेल खेल्नेछ।

नेपालको टोली :
इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...