ग्यास विक्रेता महासंघ नेपाल द्वारा आयोजित अकाउन्टिङ सफ्टवेयर सम्बन्धी तालिम भब्य रुपमा सम्पन्न

ग्यास विक्रेता महासंघ नेपालले ग्यास विक्रेताहरूलाई आधुनिक प्रणालीमा आधारित हिसाब–किताब तथा कारोबार व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले ई–बिलिङ तथा अकाउन्टिङ सफ्टवेयर सम्बन्धी विशेष तालिम तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममार्फत विक्रेताहरूलाई कारोबारमा हुने मिसम्याच (गलत हिसाब–किताब) बाट जोगाउनका लागि कम खर्चमा, सरल र सहज रूपमा प्रयोग गर्न सकिने सफ्टवेयर प्रणाली महासंघले उपलब्ध गराएको जानकारी दिइएको छ। यस प्रणालीमार्फत विक्रेताहरूले आफ्नो दैनिक खरिद–बिक्री, हिसाब–किताब तथा कर सम्बन्धी विवरणहरू डिजिटल रूपमा व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

कार्यक्रममा ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्याल, वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद हुलाल, उपाध्यक्षहरू गेहेन्द्र रिजाल, रामप्रसाद ज्ञवाली तथा राधिका महर्जन, सचिव कृष्ण गैरे, कोषाध्यक्ष रविन कार्की लगायत केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै विभिन्न जिल्ला संघका अध्यक्ष हेमबहादुर थापा, प्राविधिक पक्षबाट संजीव न्यौपाने र अभिषेक सर तथा अन्य ग्यास विक्रेताहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

तालिमको क्रममा सफ्टवेयरको प्रयोग विधि, दैनिक कारोबार कसरी इन्ट्री गर्ने, सामान खरिद तथा बिक्री प्रक्रिया, भ्याट (VAT) व्यवस्थापन, र रिपोर्टिङ प्रणाली लगायतका विषयमा विस्तृत रूपमा प्रशिक्षण तथा छलफल गरिएको थियो।

कार्यक्रमले ग्यास व्यवसायलाई डिजिटल प्रणालीतर्फ उन्मुख गराउँदै पारदर्शिता, दक्षता र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...