साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्र्याउने सरकारको तयारी

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र बनाएको जनाएको छ।

मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल आयात गरिँदैछ। उक्त मल असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।

भारतसँग भएको ८० हजार मेट्रिक टन मल आपूर्ति सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ।

यस्तै, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डर मार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाइएको छ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ। यी मल साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार ओमनबाट ल्याइँदै गरेको ३० हजार मेट्रिक टन युरिया मल हाल लोडिङ प्रक्रियामा रहेको छ। यो मल असार अन्तिमसम्म कलकत्ता बन्दरगाह पुग्ने र साउन दोस्रो सातासम्म नेपाल आइपुग्नेछ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अनुसार ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज पार गरी भिसाखापट्टनम बन्दरगाह पुगिसकेको छ। उक्त मल असार १९–२० गतेसम्म नेपाल भित्रिने अपेक्षा गरिएको छ।

त्यसैगरी, ३० हजार मेट्रिक टन युरिया मल जहाजमा लोड भइसकेको छ। यो मल साउनको पहिलो साता कलकत्ता बन्दरगाह पुग्ने र साउन अन्तिमसम्म नेपाल आइपुग्नेछ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कतारबाट ३० हजार मेट्रिक टन युरिया मल ढुवानी भइसकेको छ। उक्त मल असार अन्तिम सातामा कलकत्ता पुग्नेछ। साथै, साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया पनि लोड भइसकेको छ र असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने जनाइएको छ।

यस्तै, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल पनि लोड भइसकेको छ। उक्त मल असार अन्तिम सातासम्म कलकत्ता पुग्ने र साउन दोस्रो साताभित्र नेपाल भित्रिने मन्त्रालयले जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...