शिव शक्ति बाबा ले पाए अन्तररास्ट्रिय समरसता मंच प्रथम राजीव गांधी गौरव रतन अवार्ड
Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, कोशी प्रदेश, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
नयाँ दिल्ली — अन्तर्राष्ट्रिय समरसता मंचले श्री श्री श्री परमपूज्य जगद्गुरु शिव शक्ति बाबा महाराजलाई प्रथम ‘राजीव गान्धी गौरव रत्न अवार्ड–२०२६’ प्रदान गरेको छ।
कोशी प्रदेश, मोरङको लेटाङमा बस्दै आउनुभएका दिव्य सिद्ध पुरुष शिव शक्ति बाबालाई भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जयन्ती समापन महोत्सवका अवसरमा नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।
दुःखी, गरिब, असहाय तथा पीडितहरूको सेवामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका शिव शक्ति बाबाले भारतका विभिन्न स्थानमा समेत सेवा तथा उपचारसम्बन्धी कार्य गर्दै आउनुभएको बताइएको छ। विशेषगरी भारतको जयगाउँ तथा सिक्किमलगायतका क्षेत्रमा पुगेर बिरामी तथा समस्यामा परेका व्यक्तिहरूलाई उपचार गर्दै आएको भन्दै उहाँलाई कार्यक्रममा विशेष निमन्त्रणा गरिएको थियो।
मानव सेवा, सामाजिक सहयोग तथा परोपकारी कार्यमा पुर्...















