रोमानिया पठाइदिने भन्दै लाखौँ ठगी, म्यानपावर सञ्चालक पक्राउ

विराटनगर – वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुलेको आरोपमा मोरङबाट एक म्यानपावर सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–८ निवासी ३७ वर्षीय उद्धव पाठक रहेका छन्। प्रहरीले पाठकसँगै म्यानपावरमा लेखापालका रूपमा कार्यरत रतुवामाई–९ का अभि भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पाठकले रतुवामाई–८ दाम्राभिट्टामा ‘केएसए’ नामक म्यानपावर सञ्चालन गर्दै आएका थिए। उनले आकर्षक तलब र रोजगारीको प्रलोभन देखाउँदै रोमानिया पठाइदिने आश्वासनमा विभिन्न व्यक्तिबाट ठूलो रकम उठाएको आरोप छ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा खटिएको टोलीले सोमबार साँझ दुवै जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ। अदालतबाट ६ दिनको म्याद थप गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार पाठक लामो समयदेखि फरार रहेका थिए। उनीविरुद्ध मोरङका विभिन्न प्रहरी कार्यालय तथा काठमाडौंमा समेत किटानी जाहेरी परेको खुलेको छ। प्रारम्भिक अनुसन्धानबाट उनले विदेशमा बसेर समेत आफ्नो नेटवर्क सञ्चालन गरेको देखिएको छ। केही समयअघि मात्र रोमानियाबाट नेपाल फर्किएका पाठक पछिल्लो एक सातादेखि आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा पाठकले वैदेशिक रोजगारीको नाममा एक व्यक्तिबाट एक लाखदेखि चार लाख रुपैयाँसम्म असुलेको खुलेको छ। हालसम्म सयभन्दा बढी व्यक्ति ठगीमा परेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार ठगीको रकम लेखापाल अभि भण्डारीको बैंक खातामा जम्मा गराइन्थ्यो। रकम संकलन गरेपछि न त भिसा प्रक्रिया अघि बढाइन्थ्यो, न विदेश पठाउने कुनै ठोस पहल नै गरिन्थ्यो।

पीडितहरूले दिएको जाहेरी अनुसार ३–४ वर्षअघि रकम बुझाए पनि अहिलेसम्म रोजगारीका लागि विदेश पठाउने काम नभएको पाइएको छ। ठगीको वास्तविक रकम र पीडितको संख्या यकिन गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...