ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई कारबाही हुन्छ : प्रहरी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हरक साम्पाङ माथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने भएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे ले साम्पाङले ट्राफिक नियम स्पष्ट रूपमा उल्लंघन गरेको देखिएकाले सम्बन्धित प्रहरी कार्यालयमार्फत आवश्यक कारबाही गरिने जानकारी दिनुभयो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा साम्पाङले मोटरसाइकल चलाउँदा एक हातले मात्र ह्यान्डल समातेको, मोबाइल प्रयोग गर्दै सेल्फी भिडियो बनाएको तथा हेल्मेटको स्ट्र्यापसमेत नलगाएको देखिएको छ। प्रहरीका अनुसार यी कार्यहरू ट्राफिक नियमविपरीत हुन्।

उदयपुरको कटारीबाट फर्किने क्रममा साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनामा उनको हात लगायत शरीरका केही भागमा सामान्य चोट लागेको बताइएको छ। साम्पाङले सडकमा रहेको ढुंगाका कारण सन्तुलन गुम्दा दुर्घटना भएको प्रतिक्रिया दिएका छन्।

कानुन निर्माण गर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिले नै ट्राफिक नियमको बेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। सर्वसाधारणले पनि तत्काल कानुनी कारबाहीको माग गर्दै प्रहरीलाई ध्यानाकर्षण गराइरहेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...