कक्षा १२ परीक्षामा अमर्यादित गतिविधि: २० केन्द्राध्यक्षसँग स्पष्टीकरण माग, अनुसन्धान तीव्र

काठमाडौँ/विराटनगर । कक्षा १२ को जारी वार्षिक परीक्षामा अमर्यादित गतिविधि देखिएको विषयमा मोरङमा सुरक्षा निकाय र परीक्षा बोर्डले निगरानी तथा अनुसन्धान तीव्र बनाएका छन्।

विराटनगर र सुनसरीका केही निजी विद्यालय (कलेज)हरूले आफ्ना विद्यार्थीलाई उत्तीर्ण गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई प्रभावमा पार्ने प्रयास गरेको आशंकामा प्रहरीले गोप्य अनुसन्धान सुरु गरेको हो।

अनुगमनका क्रममा ‘संस्थागत सेटिङ’मार्फत चिट प्रयोग गराइएको संकेत पाएपछि अनुसन्धान थप अघि बढाइएको छ। यसैक्रममा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले २० जना केन्द्राध्यक्षसँग स्पष्टीकरण मागेको छ।

बोर्डले ती केन्द्राध्यक्षहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए वा आगामी परीक्षामा पुनः गल्ती दोहोरिएमा तत्काल बर्खास्त गरी वैकल्पिक व्यवस्था गर्ने चेतावनी पनि दिइएको छ।

अनुगमनका क्रममा बरामद चिटहरूको प्रकृति हेर्दा यो व्यक्तिगत प्रयास नभई योजनाबद्ध रूपमा तयार पारिएको देखिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार चिटहरू कम्प्युटरमा सानो आकारमा प्रिन्ट गरिएका गाइड वा ‘गेस पेपर’बाट तयार गरिएको जस्तो देखिन्छ।

उनका अनुसार जिल्लाभर फेला परेका चिटहरूको ढाँचा एउटै प्रकारको रहेकाले यो संगठित रूपमा तयार पारिएको सामग्री भएको संकेत मिल्छ। यस्ता गतिविधिमा संलग्न सम्भावित गिरोहबारे सूक्ष्म रूपमा सूचना संकलन भइरहेको उनले बताए।

सुरक्षा निकायका अनुसार केही सरकारी तथा निजी विद्यालयका केन्द्राध्यक्षहरूले आर्थिक लेनदेनका आधारमा निजी कलेजका विद्यार्थीलाई चिट प्रयोग गर्न छुट दिएको हुनसक्ने आशंका गरिएको छ।

बोर्डका निर्देशक प्रकाशकुमार खरेलका अनुसार मोरङका १४ सहित सुनसरीका केही केन्द्रमा व्यापक रूपमा चिट प्रयोग भएको पाइएको छ। सोमबार र मंगलबार पाँचवटा विशेष टोलीले गरेको आकस्मिक निरीक्षणका क्रममा केन्द्राध्यक्ष र निरीक्षककै संलग्नतामा अमर्यादित गतिविधि भएको भेटिएको उनले बताए।

खरेलका अनुसार हालसम्म १०–१२ जना केन्द्राध्यक्षले स्पष्टीकरण बुझाइसकेका छन् र बाँकी विषयका परीक्षा मर्यादित बनाउन बोर्ड प्रतिबद्ध रहेको छ।

परीक्षामा भएको यस प्रकारको संगठित गतिविधिमा आर्थिक लेनदेनको आशंका बढेपछि स्थानीय प्रहरीलाई अनुसन्धानका लागि निर्देशन दिइएको छ। आवश्यक परे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई समेत संलग्न गराइने तयारी रहेको जनाइएको छ।

विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्डले कोशी प्रदेशका १० जिल्लाका ६० हजार ७५ जना परीक्षार्थीको व्यवस्थापन गरिरहेको छ। हालसम्म २४ वटा विद्यालयमा निरीक्षण सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाको व्यवस्थापन लहानस्थित कार्यालयले गरिरहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...