कक्षा १२ परीक्षामा अमर्यादित गतिविधि: २० केन्द्राध्यक्षसँग स्पष्टीकरण माग, अनुसन्धान तीव्र
काठमाडौँ/विराटनगर । कक्षा १२ को जारी वार्षिक परीक्षामा अमर्यादित गतिविधि देखिएको विषयमा मोरङमा सुरक्षा निकाय र परीक्षा बोर्डले निगरानी तथा अनुसन्धान तीव्र बनाएका छन्।
विराटनगर र सुनसरीका केही निजी विद्यालय (कलेज)हरूले आफ्ना विद्यार्थीलाई उत्तीर्ण गराउन परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई प्रभावमा पार्ने प्रयास गरेको आशंकामा प्रहरीले गोप्य अनुसन्धान सुरु गरेको हो।
अनुगमनका क्रममा ‘संस्थागत सेटिङ’मार्फत चिट प्रयोग गराइएको संकेत पाएपछि अनुसन्धान थप अघि बढाइएको छ। यसैक्रममा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरले २० जना केन्द्राध्यक्षसँग स्पष्टीकरण मागेको छ।
बोर्डले ती केन्द्राध्यक्षहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए वा आगामी परीक्षामा पुनः गल्ती दोहोरिएमा तत्काल बर्खास्त गरी वैकल्पिक व्यवस्था गर्ने चेता...











