दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयतामा सुधार, १२ स्थान उक्लिए

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरी आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) अलराउन्डर वरीयतामा उल्लेख्य सुधार गर्दै माथिल्लो स्थानमा पुगेका छन्।

International Cricket Council (आईसीसी) ले हालै अद्यावधिक गरेको वरीयताअनुसार ऐरी १२ स्थान उक्लिँदै ३१औँ स्थानमा पुगेका हुन्। उनको रेटिङ अंक बढेर १४८ पुगेको जनाइएको छ।

घरेलु मैदानमा सम्पन्न लिग–२ शृंखलामा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा उनको वरीयता सुधार भएको हो। उक्त शृंखलामा उनले चार खेलमा दुई अर्धशतक र एक शतकसहित टोलीलाई महत्वपूर्ण योगदान दिएका थिए। बलिङतर्फ पनि उनले चार विकेट लिएका थिए।

खेल प्रदर्शनका क्रममा उनले यूएईविरुद्धको पहिलो खेलमा ७५ रन बनाउनुका साथै एक विकेट लिएका थिए। ओमानविरुद्धको खेलमा ६० रनसहित दुई विकेट हात पारेका थिए। दोस्रो पटक यूएईसँगको भेटमा उनले शतक प्रहार गरेका थिए भने ओमानसँगको अर्को खेलमा ३३ रन जोड्दै एक विकेटसमेत लिएका थिए।

आईसीसीको पछिल्लो वरीयता अद्यावधिकमा भने यूएईविरुद्धको पहिलो खेलसम्मको प्रदर्शनलाई मात्र आधार मानिएको जनाइएको छ।

यस्तै, टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा ऐरी चौथो स्थानमा यथावत् रहेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...