राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय आएको छ’ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अब राजनीतिक लाभभन्दा माथि उठेर दीर्घकालीन सोचका साथ काम गर्ने समय आएको बताएका छन् ।

टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि आयोजना गरेको सल्लाह–सुझाव सङ्कलन कार्यक्रममा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिधिहरूले भविष्यलाई केन्द्रमा राखेर योजना निर्माण गर्नुपर्ने बताए ।

मन्त्री खनालले अल्पकालीन राजनीतिक स्वार्थभन्दा दीर्घकालीन विकास योजनामा ध्यान दिन आग्रह गर्दै आगामी २०–२५ वर्षपछिको पुस्ताले समेत सम्झिने खालका काम गर्ने अवसर अहिलेको स्थानीय नेतृत्वसँग रहेको उल्लेख गरे ।

काठमाडौं क्षेत्र नम्बर ६ का सांसदसमेत रहेका उनले टोखाको दक्षिणी क्षेत्र अत्यधिक बाक्लो बस्तीले भरिएको र उत्तरी क्षेत्रमा अझै खुला जमिन बाँकी रहेकाले व्यवस्थित शहरी विकासमा विशेष ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती तथा शनिबार लाग्ने परम्परागत बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । साथै, टोखामा ‘होमस्टे’ विकासको सम्भावना रहेको पनि उनले बताए ।

टोखा–छहरे सुरुङमार्ग विस्तारका क्रममा स्थानीय बस्ती मापदण्डका कारण प्रभावित हुन सक्ने भन्दै मन्त्री खनालले वैकल्पिक उपाय खोज्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न सके कम लागतमा अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्न सकिनेछ ।

उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै कर तिर्नेदेखि सामान्य सिफारिससम्मका सेवा घरबाटै लिन सकिने गरी डिजिटल प्रणाली लागू गर्नुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा राखेकाले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनमुखी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताइन् । उनले विकास निर्माणका काममा राजनीतिक हस्तक्षेप हुन नहुने धारणा पनि व्यक्त गरिन् ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...