Day: May 17, 2026

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुँदै

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । राजधानीमा आगामी जेठ १५ देखि २२ गतेसम्म ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप’ आयोजना हुने भएको छ । विश्वका विभिन्न देशका लेखक, कवि, कलाकार तथा साहित्यिक व्यक्तित्वहरूको सहभागितामा महोत्सव सञ्चालन हुन लागेको हो । आयोजकका अनुसार महोत्सवमा ७५ भन्दा बढी लेखक, विद्वान्, अनुवादक, सम्पादक, चलचित्रकर्मी तथा कलाकार सहभागी हुनेछन् । महोत्सव नेपाली कथासाहित्यका अग्रणी स्रष्टा गुरूप्रसाद मैनाली प्रति समर्पित रहने निर्देशक सृजना भण्डारी ले जानकारी दिइन् । महोत्सवमा नेपालसहित भारत, अमेरिका, बेलायत, क्यानडा, आयरल्याण्ड, अस्ट्रेलिया, अस्ट्रिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, फ्रान्स, डेनमार्क, रुस तथा फिलिपिन्सलगायत देशका साहित्यकार तथा कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत कविता वाचन, प्यानल छलफल, साहित्यिक कार्यशाला, मास्टरक्लास, सांस्कृतिक प्रस्तुति, ...
सबैलाई समेटेर अघि बढ्छौँ : गगन थापा

सबैलाई समेटेर अघि बढ्छौँ : गगन थापा

Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, विचार, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री Gagan Thapa ले पार्टीभित्र रहेका असन्तुष्ट नेताहरूलाई पनि साथमा लिएर अघि बढ्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले १४औँ महाधिवेशनबाट निर्वाचित भएर पनि हाल केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई सम्मानपूर्वक समेट्ने इच्छा व्यक्त गरे । उनले भने, “१४औँ महाधिवेशनबाट निर्वाचित धेरै नेताहरू अहिले बाहिर हुनुहुन्छ । म सबैलाई समेटेर अघि बढ्न चाहन्छु । जसलाई आवश्यक छ, उहाँहरूलाई उचित सम्मान र जिम्मेवारी दिएर सँगै काम गर्न चाहन्छु ।” महामन्त्री थापाले सदस्यता समिति र अनुशासन समितिको कामप्रति असन्तुष्टि भए छलफलमार्फत समाधान खोज्न आग्रह गर्दै असन्तुष्ट पक्षलाई संवादमा आउन अनुरोध गरे । “आउनुस्, बसौँ र सदस्यताका विषयमा खुलेर छलफल गरौँ,” उनले भने ।...
वैशाखमा कालिका भगवती मन्दिरको आम्दानी ६१ लाखभन्दा बढी

वैशाखमा कालिका भगवती मन्दिरको आम्दानी ६१ लाखभन्दा बढी

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, प्रदेश समाचार, बागमती, विचार, समाचार
बागलुङ । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपैयाँ आम्दानी गरेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले आय–व्यय विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । समितिका अनुसार वैशाख महिनामा मन्दिर सञ्चालन तथा व्यवस्थापनमा ११ लाख ५८ हजार ५४० रुपैयाँ खर्च भएको छ । खर्च कटाएर मन्दिरले ५० लाख १९ हजार ६७० रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ । सार्वजनिक विवरणअनुसार भेटीबाट मात्रै ३६ लाख ८७ हजार ५४५ रुपैयाँ संकलन भएको छ । त्यसैगरी परेवाबाट १० लाख २९ हजार ५००, भाडाबाट ९ लाख ७१ हजार १४०, आर्थिक सहयोगबाट २ लाख ४ हजार २२० तथा बोकाबाट १ लाख ३६ हजार ३५५ रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ । यस्तै, चामलबाट ९३ हजार, पण्डित सेवाबाट २५ हजार ५००, कुखुराबाट ७ हजार ८ सय, विवाहबाट १४ हजार, व्रतबन्धबाट ३ हजार तथा राँगाबाट २ हजार ८ सय रुपैयाँ आम्दानी भएक...
राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय आएको छ’ : मन्त्री खनाल

राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय आएको छ’ : मन्त्री खनाल

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, फोटो फिचर, बागमती, लुम्बिनी, विचार, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अब राजनीतिक लाभभन्दा माथि उठेर दीर्घकालीन सोचका साथ काम गर्ने समय आएको बताएका छन् । टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि आयोजना गरेको सल्लाह–सुझाव सङ्कलन कार्यक्रममा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिधिहरूले भविष्यलाई केन्द्रमा राखेर योजना निर्माण गर्नुपर्ने बताए । मन्त्री खनालले अल्पकालीन राजनीतिक स्वार्थभन्दा दीर्घकालीन विकास योजनामा ध्यान दिन आग्रह गर्दै आगामी २०–२५ वर्षपछिको पुस्ताले समेत सम्झिने खालका काम गर्ने अवसर अहिलेको स्थानीय नेतृत्वसँग रहेको उल्लेख गरे । काठमाडौं क्षेत्र नम्बर ६ का सांसदसमेत रहेका उनले टोखाको दक्षिणी क्षेत्र अत्यधिक बाक्लो बस्तीले भरिएको र उत्तरी क्षेत्रमा अझै खुला जमिन बाँकी रहेकाले व्यवस्थित शहरी विकासमा विशेष ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती त...
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित ‘सोसल अवार्ड’

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित ‘सोसल अवार्ड’

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । विश्व रनिङ समुदायको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ । विश्वभर आयोजना हुने म्याराथन प्रतियोगितामध्ये उत्कृष्ट सामाजिक प्रभाव पार्ने इभेन्टलाई प्रदान गरिने यो अवार्ड निकै सम्मानित मानिन्छ । अवार्ड आगामी जुन १८ देखि २० तारिखसम्म नर्वेको ट्रम्सोमा आयोजना हुने एम्सको २५औँ वर्ल्ड कंग्रेसमा प्रदान गरिने जनाइएको छ । नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार एम्सकी उपाध्यक्ष तथा छनोट समिति संयोजक मार्था मोरालेसले पत्रमार्फत अवार्डबारे जानकारी दिँदै बधाई व्यक्त गरेकी हुन् । पत्रमा नेपालगन्ज म्याराथनले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव र दिगो विकासका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ । यसअघि यो अवार्ड इथोपिय...
काठमाडौंमा सुरु भयो एकमहिने मत्स्यनारायण मेला

काठमाडौंमा सुरु भयो एकमहिने मत्स्यनारायण मेला

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । काठमाडौंको मच्छेगाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा आजदेखि एकमहिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ । ‘मलमास मेला’का रूपमा परिचित यस धार्मिक मेलामा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट हजारौँ भक्तजन सहभागी हुने गरेका छन् । धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गरे पाप नाश भई पुण्य प्राप्त हुने मान्यता रहिआएको छ । यही आस्थाका कारण भक्तजनहरू मच्छेनारायण मन्दिर पुगेर दर्शन, पूजाआजा तथा विशेष धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन् । मन्दिर परिसरमा सुनको जलप लगाइएको आकर्षक गरुड प्रवेशद्वारले भक्तजनको ध्यान खिच्ने गरेको छ । साथै, माछाको मुखबाट प्रकट भएको चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेका भगवान् मत्स्यनारायणको मूर्ति यहाँको प्रमुख आकर्षणका रूपमा रहेको छ । पुराणमा वर्णन भएअनुसार भगवान् विष्णुको दश अवतारमध्ये मत्स्...
नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार यही सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँ रहेको थियो ।...
महालेखाको प्रतिवेदनमा मन्त्रालयहरूमा बेरुजुको चाङ, अर्थ मन्त्रालय सबैभन्दा अगाडि

महालेखाको प्रतिवेदनमा मन्त्रालयहरूमा बेरुजुको चाङ, अर्थ मन्त्रालय सबैभन्दा अगाडि

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, विचार, समाचार
काठमाडौं– महालेखापरीक्षकको कार्यालय ले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनले संघीय मन्त्रालयहरूमा अर्बौं रुपैयाँ बेरुजु रहेको तथ्य उजागर गरेको छ । प्रतिवेदनअनुसार ११ वटा संघीय मन्त्रालयमा कुल रु. ५२ अर्ब ८ करोड ९१ लाख बेरुजु कायम भएको देखिएको हो । प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालय मा देखिएको छ । मन्त्रालयअन्तर्गत रु. ३७ अर्ब ६३ करोड ३१ लाख बेरुजु रहेको उल्लेख गरिएको छ, जुन कुल बेरुजुको ७०.३६ प्रतिशत हो । आर्थिक अनुशासन, राजस्व व्यवस्थापन र बजेट कार्यान्वयनको मुख्य जिम्मेवारी बोकेको मन्त्रालयमै ठूलो परिमाणमा बेरुजु देखिनुलाई गम्भीर वित्तीय कमजोरीका रूपमा हेरिएको छ । बेरुजुको आधारमा दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । मन्त्रालयमा रु. ७ अर्ब १० करोड ३३ लाख अर्थात् १३.२८ प्रतिशत बेरुजु कायम भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, भूमि व्यवस्था,...