नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित ‘सोसल अवार्ड’

720,480,0,0.6394736842105263,-1

काठमाडौं । विश्व रनिङ समुदायको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने घोषणा गरेको छ ।

विश्वभर आयोजना हुने म्याराथन प्रतियोगितामध्ये उत्कृष्ट सामाजिक प्रभाव पार्ने इभेन्टलाई प्रदान गरिने यो अवार्ड निकै सम्मानित मानिन्छ । अवार्ड आगामी जुन १८ देखि २० तारिखसम्म नर्वेको ट्रम्सोमा आयोजना हुने एम्सको २५औँ वर्ल्ड कंग्रेसमा प्रदान गरिने जनाइएको छ ।

नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार एम्सकी उपाध्यक्ष तथा छनोट समिति संयोजक मार्था मोरालेसले पत्रमार्फत अवार्डबारे जानकारी दिँदै बधाई व्यक्त गरेकी हुन् । पत्रमा नेपालगन्ज म्याराथनले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव र दिगो विकासका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ ।

यसअघि यो अवार्ड इथोपियाको ग्रेट इथोपियन रन, जापानको टोकियो म्याराथन, जर्मनीको म्युनिख म्याराथन, सर्बियाको बेलग्रेड म्याराथनलगायत विश्व चर्चित प्रतियोगिताले प्राप्त गरिसकेका छन् । केही वर्ष रोकिएको उक्त अवार्ड यस वर्षदेखि पुनः निरन्तर प्रदान गर्न थालिएको एम्सले जनाएको छ ।

नेपालगन्ज म्याराथन २०७२ सालदेखि सञ्चालन हुँदै आएको हो । विस्तृत शान्ति सम्झौताको सम्झनामा सुरु गरिएको यो प्रतियोगिता अहिले शान्ति, सद्भाव र एकताको सन्देश फैलाउने अभियानका रूपमा स्थापित भएको छ ।

म्याराथनले खेलकुदसँगै सामाजिक सचेतना अभिवृद्धिमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तनबारे विद्यार्थीलाई सचेत बनाउन ‘गौघाट ग्रीन रन’ र ‘राप्तीसोनारी नेचर रन’ आयोजना हुँदै आएका छन् भने रात्रीकालीन सुरक्षाबारे सन्देश दिन ‘नेपालगन्ज १० के नाइट रन’ सञ्चालन गरिएको छ ।

त्यस्तै, नेपाली सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘काठमाडौं २५ किलोमिटर हेरिटेज रेस’ तथा कर्णाली क्षेत्रमा ‘कर्णाली हाफ म्याराथन’ समेत सुरु गरिएको छ ।

गत वर्ष एम्स बोर्ड बैठकसँगै नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्ससमेत आयोजना गरिएको थियो, जसमा १८ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । साथै, ‘वन ग्लोबल माइल’ अन्तर्गत कोहलपुर माइल र नेपाल रनिङ म्यागजिनजस्ता कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेका छन् ।

संस्थापक टीएस ठकुरीले नेपालगन्ज म्याराथनले विभिन्न सामाजिक अवधारणामा निरन्तर काम गरिरहेकाले अन्तर्राष्ट्रिय स्तरको यो सम्मान प्राप्त भएको बताए ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...