वैशाखमा कालिका भगवती मन्दिरको आम्दानी ६१ लाखभन्दा बढी

बागलुङ । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपैयाँ आम्दानी गरेको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले आय–व्यय विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

समितिका अनुसार वैशाख महिनामा मन्दिर सञ्चालन तथा व्यवस्थापनमा ११ लाख ५८ हजार ५४० रुपैयाँ खर्च भएको छ । खर्च कटाएर मन्दिरले ५० लाख १९ हजार ६७० रुपैयाँ बचत गर्न सफल भएको जनाएको छ ।

सार्वजनिक विवरणअनुसार भेटीबाट मात्रै ३६ लाख ८७ हजार ५४५ रुपैयाँ संकलन भएको छ । त्यसैगरी परेवाबाट १० लाख २९ हजार ५००, भाडाबाट ९ लाख ७१ हजार १४०, आर्थिक सहयोगबाट २ लाख ४ हजार २२० तथा बोकाबाट १ लाख ३६ हजार ३५५ रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ ।

यस्तै, चामलबाट ९३ हजार, पण्डित सेवाबाट २५ हजार ५००, कुखुराबाट ७ हजार ८ सय, विवाहबाट १४ हजार, व्रतबन्धबाट ३ हजार तथा राँगाबाट २ हजार ८ सय रुपैयाँ आम्दानी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए ।

खर्चतर्फ कर्मचारी तलबमा ४ लाख ३१ हजार, पूर्वाधार निर्माणमा ६ लाख २ हजार ८००, बिजुलीमा ३९ हजार ४० तथा खाद्यान्न र आवासतर्फ ६० हजार रुपैयाँ खर्च गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार भेटी तथा सहयोगबाट संकलित रकम मन्दिर व्यवस्थापन, पूर्वाधार विकास तथा धार्मिक गतिविधि सञ्चालनमा प्रयोग हुँदै आएको छ । बागलुङ कालिका भगवती मन्दिर गण्डकी प्रदेशकै प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...