सचिवालयको पहलपछि हुम्लामा तारा एयर उडान, रोकिएका अमेरिकी पर्यटक उद्धार

हुम्ला – हुम्लामा तीन दिनदेखि रोकिएका दुई अमेरिकी नागरिकको उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयको पहलमा तारा एयरले शनिबार विशेष उडान भरेको छ।

विदेशी सहयोगमा सिमकोटमा सञ्चालित विद्यालयको अनुगमनका लागि आएका ती पर्यटकहरू प्रतिकूल मौसम र जहाज अभावका कारण अलपत्र परेका थिए। उनीहरू रोकिएको जानकारी मन्त्रालयको सचिवालयमा पुगेपछि मन्त्रीका स्वकीय सचिव सुमन गौतमको सक्रियतामा उडान व्यवस्थापन गरिएको हो।

उक्त उडानमार्फत ती अमेरिकी नागरिक नेपालगञ्ज प्रस्थान गरेका छन्। यसअघि तारा एयरले यो साता हुम्लाका लागि कुनै उडान नगर्ने जनाएको थियो। पोखराबाट जोमसोम जाँदै गरेको जहाजलाई समेत नेपालगञ्ज ल्याएर उडान मिलाइएको थियो।

खराब मौसम र निजी एयरलाइन्सका जहाज नेपालगञ्जमा नहुँदा हुम्लामा पाँच दिनदेखि हवाई सेवा प्रभावित बनेको थियो। गत मङ्गलबारदेखि परेको वर्षा र हिमपातका कारण बिहीबारसम्म उडान हुन सकेको थिएन भने शुक्रबार जहाज अभावले सेवा ठप्प थियो।

शनिबारको उडानमार्फत नेपालगञ्जबाट १५ जना यात्रु सिमकोट पुगेका छन् भने सिमकोटबाट बिरामी र विदेशी पर्यटकसहित १६ जना यात्रु नेपालगञ्ज फर्किएका छन्।

पर्यटकीय सिजनका कारण निजी एयरलाइन्सका अधिकांश जहाज काठमाडौँ केन्द्रित हुँदा कर्णालीका यात्रुहरू समस्यामा परेका छन्। सामान्यतया रद्द भएका उडान पुनः सञ्चालन नहुने भए पनि यसपटक मन्त्रालयको विशेष चासोका कारण उडान सम्भव भएको हो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...