विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई असर नपर्ने गरी सहुलियत दिने तयारी : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत्‌मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) सरकार पछाडि नहट्ने स्पष्ट पारेका छन् । तर अन्तिम उपभोक्तालाई प्रत्यक्ष असर नपर्ने गरी सहुलियत दिने विकल्पमा छलफल भइरहेको उनले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उनले आगामी साउनदेखि नै उपभोक्तालाई मार नपर्ने व्यवस्था ल्याइने संकेत गरे ।

उनका अनुसार विद्युत्‌मा भ्याट लगाउने निर्णय सरकारको ठूलो आँट हो र विगतमा छलफल भए पनि कार्यान्वयन हुन नसकेको अवस्था थियो । “विद्युत्‌मा भ्याट आउँछ, तर उपभोक्तालाई असर नपर्ने गरी व्यवस्था गर्छौं,” उनले भने ।

आगामी बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि कर लाग्ने व्यवस्थापछि आलोचना बढेको छ । यसबारे प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले सरकारले उपभोगमा आधारित कर प्रणालीतर्फ अघि बढेको बताए ।

उनले सबै सेवा निःशुल्क वा वितरणमुखी भए अर्थतन्त्र प्रभावित हुने भन्दै कर प्रणालीलाई उपभोगमा आधारित बनाउनु आवश्यक रहेको तर्क गरे । साथै, बजेटले आगामी पाँच वर्षका लागि नीतिगत दिशा तय गरेको पनि उनले स्पष्ट पारे ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...