भालुवाङमा ‘किचन मार्ट’ सञ्चालनमा: मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा

भालुवाङमा ‘किचन मार्ट’ सञ्चालनमा: मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा

भालुवाङ, प्युठान । मोहन इलेक्ट्रिक सेन्टरको नयाँ शाखा ‘किचन मार्ट’ भालुवाङ पुलचोक, प्युठान जाने सडकमा औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्घाटन समारोह राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले गर्नु भएको थियो।

उद्घाटन कार्यक्रममा स्थानीय व्यापारी, व्यवसायी, पत्रकार र समाजसेवीको उल्लेखनीय उपस्थिति रहेको थियो।

शाखा सञ्चालनकर्ता मोहन आचार्य का अनुसार नयाँ शाखामा किचनमा आवश्यक पर्ने आधुनिक सामग्रीदेखि विभिन्न प्रकारका इलेक्ट्रिक सामानसम्म एकै ठाउँमा उपलब्ध गराइनेछ। उनले ग्राहकको सुविधा र आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले शाखा खोलेको जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै अध्यक्ष सुरज खड्काले स्थानीय बजारमा गुणस्तरीय सेवा विस्तार हुनु सकारात्मक रहेको उल्लेख गर्दै यस पहलले उपभोक्तालाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उनले यो शाखाले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने अपेक्षा पनि व्यक्त गर्नुभयो।

उद्घाटन अवसरमा विशेष अफर, लक्षित सेवाग्राही सुविधा र विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। आधुनिक प्रविधियुक्त किचन सामग्री र इलेक्ट्रिक उपकरण उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएको यस शाखाले भालुवाङ क्षेत्रका उपभोक्तालाई भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

राति १२ बजे विशेष पूजा हुने शक्तिशाली बज्रबाराही मन्दिर, प्रत्येक तीन वर्षमा लाग्छ भव्य जात्रा

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका टिस्टुङ–पालुङमा अवस्थित बज्रबाराही मन्दिर नेपालका प्राचीन तथा...
मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मोक्ष प्राप्ति को लागि अब इन्डिया जानु पर्दैन , थाहा मा १०८ शंख को धारा उद्घाटन

मकवानपुर। बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, पालुङस्थित निर्माणाधीन मोक्षधाममा स्थापना गरिएको १०८ शंखधा...
पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

पवित्र १००८ शालिग्राम भगवानको दर्शन, किन गरिँदैन प्राणप्रतिष्ठा ?

काठमाडौं। हिन्दू धर्ममा १००८ शालिग्राम भगवानलाई भगवान विष्णुको साक्षात् स्वरूपका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार श्रद...
केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

केदारनाथ जान नसक्ने भक्तजनका लागि डोलेश्वर महादेव

भक्तपुर। भारतको उत्तराखण्डस्थित प्रसिद्ध केदारनाथ धाम पुग्न सबै भक्तजनका लागि सम्भव नहुने भएकाले नेपालकै ऐतिहासिक तथा धार्मिक मह...
नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

नयाँ सरकारको १०० दिनमा ८९ हजार मेट्रिकटनभन्दा बढी रासायनिक मल वितरण

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा ८९ हजार १९४ दशमलव ५५ मेट्रिकटन अनुदानित रासाय...
केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

केप भर्डेमाथि अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत अर्जेन्टिनाले केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा ...
बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडीमा यात्रुवाहक बस दुर्घटना, सडकबाट करिब ६० मिटर तल खस्यो

बैतडी। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी ...
सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन, कर्मचारीले कार्यस्थलमै स्वास्थ्य सेवा पाउने

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारमा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। ...