दोस्रो चरणमा निर्वाचन प्रधानमन्त्री कार्की
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, प्रदेश समाचार, बागमती, मनोरञ्जन, राजनीति, समाचार
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री कार्की
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) — प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराउन सकिने स्पष्ट पारेकी छन्।
नवलपरासीको कावासोती नगरपालिका–१, हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भई सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सरकारले आवश्यक सबै सहयोग गर्ने बताइन्।
उनले भनिन्, “विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभए निर्वाचन दोस्रो चरणमा गराउने तयारीमा सरकार रहन्छ।”
कम मतदाता रहेका दुर्गम स्थानमा सवारीसाधनको प्रयोग गरी मतदाता ओसारेर भए पनि निर्वाचन सम्पन्न गराइने प्रधानमन्त्रीको भनाइ थियो। तर, सबै प्रयास असफल हुने असाधारण अवस्थामा मात्र दोस्रो चरणमा निर्वाचनको विकल्प अपनाइने उनले स्पष्ट पारिन्।
प्रधानमन्त्र...















