पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु

काठमाडौँ, माघ २० । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशभर आंशिक बदली रहँदा तराईका केही स्थानमा हुस्सु लागेको छ।

महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली र तराईका अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुन सक्ने सम्भावना कायमै छ।

महाशाखाले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभाव रहने र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाका कारण चिसो बढ्न सक्ने जनाएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन, पदयात्रा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?

कृषि तथा सहकारी समितिमा आसिका तामाङदेखि सागर ढकालसम्म सदस्य मनोनयन

कृषि तथा सहकारी समितिमा आसिका तामाङदेखि सागर ढकालसम्म सदस्य मनोनयन

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति गठन गरिएको छ। शुक्रबार (चैत २७) बसेको प्रतिनिधिसभा बै...
एमसीसी खारेज गर्नुपर्ने हर्क साम्पाङको धारणा

एमसीसी खारेज गर्नुपर्ने हर्क साम्पाङको धारणा

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले एमसीसी खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले उपसभामुखको प...
सचिवालयको पहलपछि हुम्लामा तारा एयर उडान, रोकिएका अमेरिकी पर्यटक उद्धार

सचिवालयको पहलपछि हुम्लामा तारा एयर उडान, रोकिएका अमेरिकी पर्यटक उद्धार

हुम्ला – हुम्लामा तीन दिनदेखि रोकिएका दुई अमेरिकी नागरिकको उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालयक...
सरकारद्वारा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण

सरकारद्वारा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौँ – सरकारले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्री गीता च...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा गठित विषयगत समिति (सहकारी) को पाँचौँ बैठक सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा गठित विषयगत समिति (सहकारी) को पाँचौँ बैठक सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा गठित विषयगत समिति (सहकारी) को पाँचौँ बैठक सुरु भएको छ। उक्त समिति संघ...
पाटनमा ‘रङ नम्बर’ विवाद: दुई दाजुभाइको ज्यान गयो

पाटनमा ‘रङ नम्बर’ विवाद: दुई दाजुभाइको ज्यान गयो

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको दुःखद घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँ...
सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। ललितपुरको हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टबाट सट्टेबाज...
घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद...